Home / Feature Breaking news / सुनिल पुन स्मृति फुटबल प्रतियोगिता : घोराही १७ र हापुर युथ क्लब सेमीफाईनल प्रवेश
सेमिफाईनल प्रवेश गरेको हापुर युथ क्लब

सुनिल पुन स्मृति फुटबल प्रतियोगिता : घोराही १७ र हापुर युथ क्लब सेमीफाईनल प्रवेश

नारायणपुर, ६ असोज

घोराही उपमहानगरपालिका १० मा स्व. सुनिल पुनको स्मृतिमा सञ्चालित प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगितामा घोराही १७ र हापुर युथ क्लब सेमीफाईनल प्रवेश गरेका छन् ।

न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको आईतवार भएको खेलमा घोराही १७ ले राईजिङ स्टार क्लब हापुरलाई र हापुर युथ क्लबले लुम्बिनी फुटबल एकेडेमीलाईपराजित गर्दै बिजयी भएका हुन् ।

आईतवार भएको क्वाटरफाईनलको पहिलो खेलमा घोराहि १७ ले राइजिङ स्टार हापुर लाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । जसमा घोराहि १७ का विक्रम बि.क, सागर पुन र केशमान घर्तिले एक÷एक गोल गरेका थिए । राईजिङ स्टारको तर्फबाट निशान घर्तिले दोस्रो हाफको अन्त्यमा सान्त्वना गोल गरेका थिए । खेलमा घोराही १७ का सागर पुन मगर म्यान अफ द म्याच भएका थिए ।

दोस्रो खेलमा हापुर युबा क्लबले लुम्बिनि फुटबल एकेडेमि लाई ३–१ गोल अन्तर ले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेको छ । हापुर युथ क्लबका कैलास एरी, सञ्जु बस्नेत र मोहन बुढाले एक÷एक गोल गरेका थिए । लुम्बिनी फुटबल एकेडेमीका तर्फबाट रुपेन घर्तिले सान्त्वना गोल गरेका थिए । खेलमा हापुर युथ क्लबका किपर प्रतिक सुनार म्यान अफ द म्याच बनेका थिए ।

प्रतियोगिताको क्वाटरफाईनल अन्तरगत सोमवार दिउसो २ बजे मेगा स्पोर्ट क्लब घोराही र युनाईटेड लालमटियाबिच हुने छ भने दिउसो ४ बजे न्यू स्टार फुटबल एकेडेमी सोतो र न्यू स्टार फुटबल एकेडेमी कालो बिच हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, दृतिय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

न्यू स्टार फुटबल क्लबका पूर्व खेलाडी एवं प्रकृति लोकसांस्कृतिक क्लबका संरक्षक रहेका स्व.सुनिल पुनको स्मृतिमा रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको प्रतियोगितामा संयोजक खुमबहादुर पुनले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*