दाङ,७ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नामा रहेको बबई महिला सामुदायिक वन उपभोक्ता समूहको १५ औँ साधारणसभा धर्नामा सम्पन्न भएको छ ।
वन समुहका अध्यक्ष भिमा डिसीको अध्यक्ष तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिका वडा नं. ५का वडाध्यक्ष बिष्णुमणि दाहालको बिशिष्ट आतिथ्यतामा भएको साधारणसभा बोल्ने सहभागीहरुले झन्झटिलो वनले नियमले उपभोक्ताहरुलाई आफैले हुर्काएको वन प्रयोगमा समस्या रहेको भन्दै वन नियमलाई सुधार गर्न माग गरेका थिए । सहभागीहरुले वन संरक्षणसँगै सहज रुपमा वन उपयोग गर्ने निती बनाउन समेत माग गरेका थिए ।
साधारणसभामा वन डिभिजन कार्यालय घोराहीका निमित्त प्रमुख वन अधिकृत देवीप्रसाद चौधरी, वन अधिकृत भक्तबहादुर चौधरी, वन सहजकर्ता रोवरबहादुर बस्नेत, जनसेवा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रेशम डिसी, सरिकोट सामुदायिक वन समुहका अध्यक्ष इकबहादुर केसी, अस्थायी प्रहरी पोष्ट धर्नाका इन्चार्ज रामप्रसाद रोका, उपभोक्ता ओमभक्त केसीलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा वन समुहका सचिव मञ्जु कार्कीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष देवा शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा वन समुहलाई सहयोग पु¥याएको भन्दै वडाध्यक्ष,जेष्ठ नागरिक, माध्यामिक विद्यालय धर्नामा कक्षा ५ र ७ अध्ययनरत जेहेन्दार विद्यार्थीलगायतलाई सम्मानित गरिएको थियो । कार्यक्रमको सहजीकरण वन समुहका सचिव मञ्जु काकीृले गरेकी थिइन ।