Home / Feature Breaking news / पाठशाला एजुकेशनमा सचेतना कार्यक्रम

पाठशाला एजुकेशनमा सचेतना कार्यक्रम

घोराही, ८ असार

पाठशाला एजुकेशन घोराहीमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सचेतनामूलक कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक विरबहादुर वलीले विद्यार्थीहरुलाई सचेतनामूलक प्रस्तुति राख्नुभएको थियो । उहाँले बालबालिका तथा युवाहरुमा धेरै साईबर अपराध र लागु औषध दुव्र्यसनको समस्या रहेको भन्दै विद्यार्थीहरुलाई सचेत रहन अनुरोध गर्नुभयो । ‘बालबालिका र युवाहरुमा धेरैजसो साईबर अपराध र लागु औषध दुव्र्यसनको समस्या देखिने गरेको छ’ वलीले भन्नुभयो– ‘यस विषयमा तपाईहरु सचेत रहन आवश्यक छ ।’

मानिसमा अनुशासन, सकारात्मक सोच र संस्कृतिको मिश्रणले मानिसलाई सफल बनाउने भन्दै एसपी वलीले बालबालिकाहरुलाई सकारात्मक मार्गमा लाग्न अनुरोध गर्नुभयो । अनावश्यक महात्वकाक्षी बन्ने भएकाले घर परिवारमा समस्या उत्पन्न हुने गरेको उहाँको भनाई थियो ।

सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष आर.के.शीतलको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक विरबहादुर वलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरिक्षक सौजन डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पाठशाला एजुकेशनका सञ्चालक दिपक न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष जिवन वलीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*