Home / Feature Breaking news / समन्वय समितिलाई दाङका राजनितिक दलहरुको सुझाव

समन्वय समितिलाई दाङका राजनितिक दलहरुको सुझाव

घोराही, ५ वैशाख

जिल्ला समन्वय समिति दाङले कोराना संक्रमणको प्रभावको बारेमा जिल्लामा क्रियाशिल राजनीतिकदलहरुसँग छलफल गरेको छ । छलफलमा सहभागी राजनितिक दलका प्रतिनधिीहरुले विभिन्न सुझावहरु दिएका छन् ।

जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको छलफलमा विपन्न वर्गहरुको पहिचान गरेर मात्र केन्द्रीय मापदण्ड अनुसार राहत वितरण गर्नु पर्ने, पालिकाहरुले खर्च गर्न बाँकी रहेको विकास बजेटलाई नियमानुसार रकमान्तरगरी राहत खर्चमा व्यवस्थापन गर्ने, पालिकाहरुले खाद्य बस्तुको परिमाणको आंकलन गरी खाद्य बैक स्थापना गर्ने, कोरना भाइरसको परीक्षणदर बढाउनु पर्ने, श्रमिकहरुले पाउनु पर्ने रकम रोजगारदाताहरुले समयमै उपलब्ध गराउनु पर्ने रहेका छन् ।

यस्तै घरभाडामा  दिएका घरधनीहरुले एक महिनाको भाडा छुट दिनु पर्ने, विहानको समयमा खोलिदै आएको खाद्य सामाग्रीका पसल दिनको ११ बजेदेखि २ बजेसम्म खोल्नु पर्ने
र ग्रामिण क्षेत्रमा उत्पादित तरकारी एवम कृषि उपजलाई विक्रीवितरणमा प्राथमिकता दिने रहेका छन् । प्रतप्त सुझावहरुलाई मनन् गर्दै समन्वय समितिले समन्वय र सहजिकरण गरेर जाने संयोजक नेपालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*