दाङ, २ जेठ
राष्ट्रिय सभा सदस्य अनिता देवकोटा र प्रतिनिधी सभा सदस्य विमला नेपालीले दाङ जिल्ला कोरोना भाईरस संक्रमणबाट प्रभावित बनेको र आवश्यक स्वास्थ्य व्यवस्थापनकालागी स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।
देवकोटा र नेपालीले कोरोना भाईरसको दोस्रो चरणबाट दाङ जिल्ला अति प्रभावित भएको भन्दै जिल्लामा सञ्चालन भएका कोरोना विशेष अस्पतालहरु एवं राप्ती स्वास्थ्य प्रतिष्ठानमा बिरामीहरुको उपचारकालागी समस्या रहेको भन्दै आवश्यकता अनुसारको अक्सीजन उपलब्ध गराउन एवं स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर ध्यानाकर्षण गराउनुभएको हो ।
‘विश्वब्यापी महामारी कोभिड १९ का कारण दाङ जिल्ला आक्रान्त रहेको कुरा सर्वबिदित नै छ । दाङ जिल्लामा रहेका राप्ति स्वास्थ विज्ञान प्रतिस्ठान, कोरोना बिशेष अस्पताल बेलझुण्डी, लगायत अस्पतालमा अक्सिजन र अन्य स्वास्थ सामाग्रिहरूको चरम अभाब रहेकाले कोभिड–१९ संक्रमित बिरामिहरूको उपचारमा कठिनाई भईरहेको छ ।’ ध्यानाकर्षण पत्रमा भनिभएको छ– ‘संघिय सरकारको मातहतमा रहेको राप्ति स्वास्थ विज्ञान प्रतिस्ठानमा निर्माण सम्पन्न भई उद्घाटन भईसकेको आई.सि.यू.सञ्चालनमा आउन नसकेकाले जटिल अबस्थामा रहेका कोभिड–१९ संक्रमित बिरामिहरूको उपचारमा कठिनाई भईरहेको छ । तसर्थ दाङ जिल्लामा अक्सिजन र अन्य स्वास्थ सामाग्रि उपलब्ध गराउने व्यबस्था मिलाईदिनुहुन र राप्ति स्वास्थ विज्ञान प्रतिस्ठानको आई.सि.यू. पूर्ण क्षमतामा संचालन गर्ने व्यबस्था मिलाईदिनुहुन अनुरोध गर्दछौ ।’
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री त्रिपाठीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू सञ्चालन र कोभिडका बिरामीहरुकोलागी आवश्यक अक्सीजन एवं अन्य संवास्थ्य सामाग्रीहरु तत्काल उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।