तुलसीपुर, ७ साउन
संचार उद्यमी देविप्रसाद धिताल हेमराज प्रतिष्ठानले तत्कालिन प्रहरी हवल्दार दुर्गाबहादुर राणा सहित विभिन्न क्षेत्रमा काम गर्ने ५ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानले आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि अज्ञात समुहले फालेको बम टिपेर सुरक्षित स्थानमा ब्यबस्थापन गरि नागरिकलाई सुरक्षीत राख्न सफल भएको भन्दै बिहीबार प्रहरी सहायक निरिक्षकमा बढुवा भएका रानालाई सम्मान गरीएको हो ।
त्यस्तै कार्यक्रममा पत्रकार लिला शाह,मानव अधिकारकर्मी तेजबहादुर कार्की, यातायात ब्यबसायी तेजमनी आचार्य र यातायात मजुदर निमबहादुर डाँगी पनि सम्मानित हुनुभएको छ ।
प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरीयाको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले संचार उद्यामी धितालको हत्यारालाई पत्तालगाई दोषीलाई कडा कार्बाहिको माग गरेका छन् । वक्ताहरुले तुलसीपुरमा एक पछि अर्को गर्दै अपहरण तथा हत्याका श्रृङ्खला बढ्दै गएको भन्दै जिल्लाको सुरक्षा अवस्थालाई नागरिकले महसुस हुने गरि चुस्त राख्न सम्बन्धित निकायलाई माग गरेका छन् ।
सञ्चार उद्यमी स्वर्गीय देबिप्रसाद धिताल हेमराजको हत्याकाण्ड र बिशेष सुरक्षाका बारेमा देविप्रसाद धिताल हेमराज प्रतिष्ठानले आज तुलसीपुरमा गरेको अन्तरक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले दाङमा जागेश्वर डाँगी (जेडि) हत्याकाण्ड,रत्न वली,राजकुमार श्रेष्ठ,रणबहादुर घर्ती लगायतका ब्यबसायीहरुको श्रृखलाबद्ध हत्या तथा रहस्यमय मृत्यु हुनु सुरक्षाको द्धष्टीकोणले तुलसीपुर क्षेत्र चिन्ताको बिषय बनेको बताएका छन् ।
धितालको २०६७ साल साउन ६ गते अपरान्ह साँढे ५ बजेतिर तुलसीपुर सीतलपुर सडक खण्ड अन्तर्गत हेमनगरको मुख्य रोडमा एक समुहले गोलि प्रहार गरि धितालको हत्या गरेको थियो । हत्या भएको ७ वर्ष पुग्दा समेत प्रहरीले कुनैपनि सफलता हासील गर्न सकेको छैन ।
प्रहरीको उच्च अधिकारीको नेतृत्वमा गठन गरिएको छानविन समितिले तयार पारेको प्रतिबेदन,उसको सफलता र अबरोधका बारेमा अझै पनि केही खुल्न नसक्दा आम नागरिकले चासोका साथ हेरेका छन् ।।