Home / Feature Breaking news / रोक्का जग्गा फुकुवा गर्न नसक्नुमा प्रदेश सरकार मुख्य दोषीः नेपाली कांग्रेस

रोक्का जग्गा फुकुवा गर्न नसक्नुमा प्रदेश सरकार मुख्य दोषीः नेपाली कांग्रेस

प्रिया स्मृती गजमेर
लमही, २५ पुस

नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले राजधानी क्षेत्रको रोक्का जग्गा फुकुवा गर्न माग गरेको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका ९देउखुरी० को क्षेत्रमा लुम्बिनी प्रदेशको राजधानी तोकिएसंगै रोक्का रहेको जग्गा अहिले सम्म पनि फुकुवा हुन सकेको छैन ।

राजधानी क्षेत्र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ७, ८ गढवा गाउँपालिकाको वडा न १,२ र ३ राप्ती गाउँपालिकाको क्षेत्रमा लामो समय देखि जग्गा किनवेचको काम रोकिदै जनताले प्रत्यक्ष असर गरेकाले अविलम्व फुकुवा गर्न माग गरिएको हो ।

नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डेले जारी गर्नु भएको विज्ञप्तिमा एक महिना भित्र जग्गा फुकुवा गर्न माग गरिएको छ । सो अवधी भित्र जग्गा रोक्का फुकुवा नभए चरणवद्ध आनद्योलन गर्ने र त्यसको ज्म्मिेवार लुम्बिनी प्रदेश सरकार हुनुपर्ने समेत उल्लेख गरिएको छ । लामो समय जग्गा रोक्का राखिएको विषयम निकास दिन नसक्नु प्रदेश सरकारको अव्यवहारिक, अकर्मण्य, कार्यशैली रहेको ठहर गर्दछौुं( जारि विज्ञप्तिमा भनिएको छ ।

वस्तुगत अवस्थाको गम्भीरतालाई बुझ्नु र निकास दिनुको साटो पदिय जिम्मेवारीमा रहेकाहरुबाट सस्तो लोकप्रियताका लागि भ्रमपूर्ण र भ्रामक तरिकाले दोषारोपण गर्न खोज्ने अराजनैतिक क्रियाकलाप प्रस्तुति दुर्भाग्यपूर्ण र खेदजन रहेको ठहर गर्दै यथाशिघ्र जग्गा फुकुवाको प्रक्रियालाई अगाडी बढाउन समेत कांग्रेसले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*