Home / Feature Breaking news / प्रधानमन्त्री कप लुम्विनी प्रदेशस्तरीय प्रतियोगितामा रुपन्देही बिजयी

प्रधानमन्त्री कप लुम्विनी प्रदेशस्तरीय प्रतियोगितामा रुपन्देही बिजयी

घोराही २६ पुस । प्रंधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट छनौट प्रतियोगितामा रुपन्देहीको महिला टिम बिजयी भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा भएको फाईनल खेलमा ७ रनले दाङको महिला टिमलाई हराँउदै रुपन्देहीको महिला टिम बिजयी भएको हो ।
पहिलो टस जितेर व्याटिङ गरेको रुपन्देहीको महिला टिमले १९.४ ओभरमा सवै विकेट गुमाउँदै ९४ रन बनाउन सफल भएको थियो । जवाफी व्याटिङमा ९५ रनको विजयी लक्ष्यका साथ ब्याटिङ गरेको दाङले सम्पूर्ण विकेट गुमाउँदै ८७ रन मात्रै बनाएका थिए । दाङका लागि सुरुवाती ब्याटर लक्ष्मी चौधरीले रनको आशा जगाउँदै ५ बलमा १० रन बनाएर खेलिरहेका बेला रुपन्देहीकी विभाष्ना बिसीको बलमा क्याच आउट भएपछि दाङले लय समात्न सकेन ।
कप्तान सरस्वती जिएमले ५२ बल खेल्दै अविजित २३ रन बनाउन सफल हुनुभयो । कमला जिएमले १२ बलमा ६, मधु डिसीले १३ बलमा १३, अनिता चौधरीले २० बलमा १५, प्रभा चौधरीले ७ बलमा ३ , अमृता अधिकारी र आशा चौधरीले १–१ रन बनाउनुभएको थियो । ७२ रन ब्याटबाट बनाएको दाङले १५ रन अतिरिक्त पाउँदै ८७ रनमा समेटिएको थियो ।
रुपन्देहीकी कप्तान कृतिका मरासिनीको कसिलो बलिङ सामु दाङको टिम धरासयी बन्न पुगेको थियो । छनौट प्रतियोगितामा मरासिनीले उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँले ४ ओभरमा २ मेडन राख्दै जम्मा ६ रन दिएर महत्वपूर्ण चार विकेट लिनुभएको थियो । त्यसैगरी विभाष्ना बिसीले चार ओभरमा १५ रन दिएर २ विकेट लिँदा सरु तिवारीले पुरै स्पेल गरेर १७ रन दिएर १ विकेट लिनुभयो । सुस्मिता भुसाल र कविता खड्का विकेटविहीन हुँदै क्रमशः २५ र १९ रन दिनुभएको हो ।
रुपन्देहीका ओपनर श्रुति बुढाथोकी र विभाष्ना बिसीले २० रन बनाउदै खेलीरहेको बेला अनिता चौधरीले आफ्नो पहिलो ओभरको चौथो बलमा श्रुतिलाई क्याच आउट गराएपछि सात दशमलव ४ ओभरमा रुपन्देहीले पहिलो विकेट गुमाएको थियो । रुपन्देहीका लागि विभाष्ना बिसीले ३३ बलमा खेल्दै सर्वाधिक २५ रन बनाउनुभएको थियो । त्यसैगरी श्रुतिले ३४ बलमा १० रन, कृति सेनले १० बलमा ५ रन, आशा मगरले १७ बलमा १५ रन, कप्तान कृतिका मरासिनीले १४ बलमा ११ रन, सरु तिवारीले ४ बलमा २ रन, सुस्मिता भुसालले ६ बलमा अविजित १ रन बनाउन सफल हुनुभयो । रुपन्देहीले १८ रन अतिरिक्त पाएको थियो ।
बलिङतर्फ दाङकी अनिता चौधरीले ४ ओभरमा २१ रन दिँदै महत्वपूर्ण ३ विकेट लिनुभयो । त्यसैगरी कमला जिएमले ४ ओभरमा १५ रन दिएर २ विकेट लिँदा लक्ष्मी चौधरीले ३ ओभरमा १८ रन दिँदै १ विकेट लिनुभयो । सर्मिला रोका र मधु डिसीले १–१ मेडन राख्दै ११ र २० रन दिँदा विकेट विहीन रहन पुग्नुभएको थियो । फाईनलमा उत्कृष्ट प्रदर्शन गरेकी रुपन्देहीकी कप्तान कृतिका मरासिनी प्लेयर अफ द म्याच हुनुभएको थियो ।
प्रधानमन्त्री कम महिला क्रिकेट छनौट प्रतियोगितामा दाङ, बाँके, रुपन्देही र नवलपरासी गरी चार वटा जिल्लाको सहभागीता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनौट गरी यही पुस २९ गतेबाट ईटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराईने नेपाल क्रिकेट संघका लुम्विनी प्रदेश सदस्य एवं छनोट समितिका संयोजक कैलाश रोकामगरले जानकारी दिनुभएको छ । उहाँका अनुसार लुम्बिनी प्रदेशबाट १४ जना खेलाडी, प्रशिक्षक र टीम व्यवस्थापक तथा चार जना वैकल्पिक खेलाडी छनौट हुनेछन् । दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका बिजेतालाई प्रदेशसभा सदस्य राजु खनालले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*