Home / Feature Breaking news / दुर्घटनामा घाइते प्रहरी जवानको मृत्यु

दुर्घटनामा घाइते प्रहरी जवानको मृत्यु

दाङ,७ असार । पश्चिम दाङमा ट्याक्टरले मोटरसाईकलाई ठक्कर दिदा घाइते भएका प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्ला रामग्राम नगरपालिका–१४ निबासी २७ बर्षका जीतेन्द्र चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट दंगीशरण गाउँपालिका जाने क्रममा लु ५८ प १८४३ नम्बरको मोटरसाईकलाई विपरित दिसाबाट आइरहेको रा१त ७५७ नम्बरको ट्याक्टरले तुलसीपुर उपमहानगरपालिका–२ कुमालगैरीमा ठक्कर दिदा चौधरी घाइते भएका थिए । गम्भिर घाईते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक चौधरी दंगीशरण गाउँपालिका–१ रामपुर स्थित ससुरालीमा जाँदै थिए । चौधरी इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत रहेका थिए । ठक्कर दिने ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुर जानकारी दिएको छ । मोटरसाइकलमा सवार २२ बर्षीय सिता चौधरीको अवस्था सामन्य रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*