Home / समाचार / नेकपा (एकीकृत समाजवादी) घोराही घोराही नगरकमिटी गठन

नेकपा (एकीकृत समाजवादी) घोराही घोराही नगरकमिटी गठन

घोराही, १० साउन ।                                                      नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मंगलबार घोराही घोराही नगरकमिटी गठन गरेको छ ।

नगर अध्यक्ष गजेन्द्र सिंह खड्काको अध्यक्षता एवं पार्टीका केन्द्रिय सदस्य अनारकली मियाको प्रमुख आतिथ्यमा भेला तथा प्रशिक्षण भएको थियो ।

घोराहीका १९ वटै वडा पार्टी अध्यक्ष, सचिव तथा प्रतिनिधिले आ-आफ्नो वडाको प्रतिवेदन पेश गरेका थिए ।
विभिन्न पार्टी परित्याग गरी केही व्यक्ति नेकपा एसमा प्रवेश गरेका थिए । उक्त भेलाले गजेन्द्र सिंह खड्काको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति गठन गरेको छ ।

घोराही चारका अध्यक्ष लोकराज पौडेलको स्वागतबाट शुरु भएको कार्यक्रममा पार्टीका केन्द्रिय परिषद सदस्यहरू खिमबहादुर केसी, रामप्रसाद चौधरी, प्रदेश कमिटि सदस्य विनोद पुन, देउमन दमाई, गुरुप्रसाद केसी, जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली, उपसचिव जानका रेग्मी, अनेम महासंघ अध्यक्ष ससमती चौधरी लगायतले प्रशिक्षण मन्तव्य राखेका थिए ।भेलाको सहजीकरण नगर उपाध्यक्ष खिमबहादुर घर्तीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*