Home / Feature Breaking news / प्रचण्डलाई विश्वप्रकाशको प्रश्न- धोका खाएकाहरु एक ठाउँमा उभिए हालत के होला ?

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न- धोका खाएकाहरु एक ठाउँमा उभिए हालत के होला ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले देशको अवस्था बदलौँ भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नै बदलेको आरोप लगाएका छन्।

बुधबार विश्वासको मतका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधनका क्रममा उनले धोका खाएकाहरु एक ठाउँमा उभिए के होला भन्दै प्रश्न गरे।

प्रधानमन्त्री प्रचण्डले यसअघि सम्बोधनका क्रममा कांग्रेसलाई आफूले धोका दिएको भन्नु गलत हुने भन्दै उनले बरु नेकपा एमालेले आफूबाट धोका पाएको भन्नु जायज हुने प्रचण्डले बताएका थिए। प्रधानमन्त्रीले दुवै दललाई धोकाक दिएकाले कुनै दिन यी दुवै दल मिल्न सक्नेतर्फ उनले सचेत गरएका हुन्।

प्रचण्डबाट धोका खाएकाहरू एकैठाउँमा उभिन सक्ने शर्माले बताए। ‘धोका खाएकाहरू एकै ठाउँ आए भने राजनेताको हालत के होला?’, विश्वप्रकाशले भने, ‘अहिले विश्वासको संकट भएका बेला एकै वर्ष तीन पटक विश्वासको मत लिनु हुँदैछ प्रधानमन्त्रीले। हामीले स्थिति बदलौँ भनेको तर तपाईंले गठबन्धन बदल्नु भयो।’

उनले कोशी प्रदेशमा माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवार हारेको कुरालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताएका छन्।

‘कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा चित्त दुखेको कुरा स्वीकार्छौं’, उनले भने, ‘कोशीमा जे भयो त्यसलाई ढाकछोप नगरी छलफल गरेर जान चाहन्थ्यौँ। कांग्रेसले महासमितिमा पेस गरेको आफ्नो दस्तावेजमा पनि त्यो कुरा लेखेको छ।’ तर माओवादीले म‌सिर ४ को निर्वाचनमा दिएको धोका कहीँ पनि अभिलेख नभएको आरोप लगाए।

महामन्त्री शर्माले आफूहरूको दस्तावेज लेख्नका लागि अर्को पार्टी र उसका अध्यक्षलाई सोध्ने कुरा नहुने पनि बताए।

शर्माले महासमिति बैठकस्थलमा धर्मको स्टल राख्दा प्रधानमन्त्रीको चित्त दुखेकोतर्फ इंगित गर्दै अघिल्लो पटक हिन्दुधर्मकै एजेन्डा बोकेका राजेन्द्र लिङ्देन सरकारमा नहुँदा फरक नपरेको पनि स्मरण गरे।a

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*