Home / Feature Breaking news / ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा न्यौपाने

ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा न्यौपाने

घोराही, १५ चैत
नेपाल ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा तिर्थराज न्यौपाने चयन हुनुभएको छ । युनियनको छैठौ जल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । वुधवार र विहीवार घोराहीमा भएको अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

जसका खुला उपाध्यक्षमा पूर्णबहादुर खत्री, महिला उपाध्यक्षमा चित्रकला आचार्य, उपाध्यक्षमा जंगबहादुर जिसी, ईन्द्रबहादुर चौधरी र विमल पौडेल रहनुभएको छ भने सचिवमा श्रीधर शर्मा, सहसचिवमा बसन्तबहादुर डिसी र यज्ञबहादुर केसी, कोषाध्यक्षमा भिमकुमार न्यौपाने र सहकोषाध्यक्षमा बसन्ती चौधरी रहनुभएको छ । यस्तै सदस्यहरुमा सुलोचना गौतम पोख्रेल, गुरुप्रसाद तिवारी, मधुमालती अधिकारी, मीना डाँगी, छुनिलाल चौधरी, तुलसीराम गिरी, मानबहादुर कँुवर र गणेश नेपाली रहनुभएको छ ।

Tirtha Neupane 1

ट्रेड युनियन कांग्रेसको प्र्रदेश प्रतिनीधीतर्फ सुदीप गौतम, लक्ष्मी न्यौपाने, शिवप्रसाद चौधरी, मनिराम केसी, ढकबहादुर वली, प्रमोदकुमार न्यौपाने, शिवकुमार श्रेष्ठ, मानकुमार राना, पदमप्रसाद अधिकारी, तिलकबहादुर केसी, गोविन्दप्रसाद शर्मा, चुडामणी आचार्य, कृष्णबहादुर कुँवर, ठगप्रसाद पुन, श्यामकुमार रायमाझी, सतिसकुमार आचार्य, अगेन्द्र थापा, हरिदेवी पोख्रेल, सुलोचना प्रधान, ञाङसु गिरी, कोमा रावत र पेशलसिंह डिसी रहनुभएको छ ।

यसैगरि केन्द्रिय महाधिवेशन प्रतिनिधीमा बसन्तराज घिमीरे, सुशीला सुवेदी, विष्णुप्रसाद आचार्य, सुर्यप्रकाश राणा, युवराज बस्नेत, हरिबहादुर पुन मगर, जगुलाल चौधरी, किशोरकुमार आचार्य, भिमबहादुर मरासिनी, राजेन्द्रकुमार आचार्य र एकराज आचार्य रहनुभएको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभयो ।

विजयीहरुलाई विहीवार औपचारिक कार्यक्रम गरि सपथ ग्रहण गराईएको छ । त्यस अवसरमा जिल्ला कार्यसमिति, केन्द्रिय एवं प्रदेश प्रतिनीधीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

निर्वाचन अधिकृत निर्मल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारति, नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय उपाध्यक्ष बमबहादुर डि.सी, नेपाल ट्रेड युनियन कांग्रेसका पाँच नम्बर प्रदेश सचिव युवराज बस्नेत, शिक्षक संघका पाँच नम्बर प्रदेशका अध्यक्ष अर्जुनकुमार योगी, नेपाल ट्रेड युनियन कांग्रेस दाङका निवर्तमान अध्यक्ष किशोर आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले बधाई सहित सफलताको शुभकामना दिएका थिए । त्यस अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष तिर्थराज न्यौपानेले नेपाल ट्रढ युनियन कांग्रेसलाई शसक्त बनाएर अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले गर्नुृभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*