Home / Feature Breaking news / ग्लोवल ओरियन्स नेपाल र पत्रकारविच मैत्रीपुर्ण फुटबल

ग्लोवल ओरियन्स नेपाल र पत्रकारविच मैत्रीपुर्ण फुटबल

दाङ, १६ वैशाख ।
ग्लोवल ओरियन्स नेपाल प्रालि दाङको आयोजनामा शनिबार घोराहीमा पत्रकारसँग मैत्रिपुर्ण फुटवल खेल सम्पन्न भएको छ । ग्लोवल ओरियन्स घोराहीका प्रतिनिधि उमेश चौधरीको अध्यक्षता तथा नेपाल प्रत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्य एवं नेपाल प्रत्रकार महासंघ दाङका सचिव आके शितलको विशिष्ठ आतिथ्यमा एक औपचारिक कार्यक्रम गरि खेलको सुरुवात गरिएको थियो ।

घोराही १८ को नवलपुर मैदानमा भएको खेलको पहिलो हापमा ग्लोबल ओरियन्सका खेलाडीहरु दिलिप चौधरी र अशोक चौधरीले एक÷एक गोल गर्नुभएको थियो । २–० को गोल अन्तरले पछि परेको पत्रकारको टोलीले खेलको दोस्रो हापमा दुई गोल फर्काउदै खेल बराबरीमा टुंगिएको थियो । पत्रकारको तर्फबाट महासंघका निवर्तमान अध्यक्ष प्रियासनले दुई गोल गर्नुभएको थियो । मैत्रीपुर्ण खेलका लागि नवलपुर फुटवल एकेडेमीले प्राविधिक सहयोग गरेको थियो ।

यस्तै खेलको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी प्रियासनले डाईरेक्ट सेलिङ गर्दै आएको ग्लोवल ओरियन्सले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सामाजिक क्रियाकलाप प्राथमिकतामा राख्नु प्रशंसनिय कार्य भएको बताउनु भएको थियो । स्वास्थ्य र सौन्दर्यका सामाग्रिहरुको प्रत्यक्ष बिक्री गर्दै धेरै युवाहरुलाई आर्थिक उपार्जनको बाटोमा अघि बढ्न सिकाएको बताउनु भएको थियो ।

साथै उहाँले शरिरलाई फुर्तिलो र स्वस्थ राख्न महत्वपुर्ण भुमिका खेल्ने फुटबल खेलको आयोजना गरेकोमा धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो । महासंघका सचिव आरके सितलले मान्छेको शारिरीक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न महत्वपुर्ण भुमिका रहने भन्दै यस्ता खेलको आयोजना निरन्तर रुपमा हुन आवश्यक भएको बताउनु भयो । यस्तै ग्लोबल ओरियन्सका मिसन भट्टराई, एवान चौधरी, नवलपुर फुटवल एकेडेमीका अध्यक्ष दिपक पुनले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*