Home / Feature Breaking news / नारायणपुर महोत्सवको तेस्रो दिन : लोक गायक खुमनसँगै झुमे दर्शक

नारायणपुर महोत्सवको तेस्रो दिन : लोक गायक खुमनसँगै झुमे दर्शक

दाङ, १६ वैशाख ।
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ मा आज तेस्रो दिन दर्शकहरु लोक गायक खुमन अधिकारीसँगै झुमेका छन् ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज शुक्रबार गायक अधिकारीको प्रस्तुतिसँगै दर्शकहरुले मनोरञ्जन लिएका हुन् । लोक दोहोरीको क्षेत्रका अब्बल गायक अधिकारीको प्रस्तुतिसँगै महोत्सवको रौनकता पनि बढेको सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले बताए ।
गाएका थिए ।
गायक खुमनसँगै गायिका अनु राना मगरको प्रस्तुतिमा पनि दर्शहरु त्यतिकै रमाए ।
महोत्सवमा गायक देवेन्द्र बस्नेत, केशर वली, गायिका शर्मिला अर्यालको पनि प्रस्तुति रहेको थियो । नृत्यङ्गनाहरु सीमा श्रेष्ठ, एलिना बराल र एलिना श्रेष्ठको पनि प्रस्तुति रहेको थियो । साथै द लिगल अफ डान्स ग्रुपले पनि प्रस्तुति राखेका थिए ।

महोत्सवमा भोलि आइतबार नरेश खाती

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि आइतबार शनिबार लोक गायक नरेश खातीको प्रस्तुति रहने छ । खाती दाङका हुन् । दाङबाट नेपाली गीत संगीतमा प्रतिनिधित्व गर्दै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्दै आएका छन् ।
साथै भोलि महोत्सवको चौथो दिन गायक प्रेम शर्मा, गायिकाहरु अनु राना मगर, शर्मिला अर्यालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*