Home / Feature Breaking news / वडा न. ४ ले जित्याे तेस्रो बंगलाचुली कपको उपाधी

वडा न. ४ ले जित्याे तेस्रो बंगलाचुली कपको उपाधी

पुरन सोति मगर

कमिरेचाैर, १५ बैशाख

तेस्रो बंगलाचुली गाउपालिका कपकाे उपाधी वडा नम्बर ४ ले जितेकाे छ । आज शनिवार उपाधिका लागि भएको खेलमा वडा नं. ३ लाई ४६ रनले पराजित गर्दै वडा नम्बर ४ ले उपाधी चुम्दै लगातार तेस्रो पटक बिजेता भएको हो ।

टस हारेर ब्याटिङ गरेकाे वडा नम्बर ४ ले निर्धारित १५ ओभर खेल्दै ९ बिकेटको क्षतीमा १ सय १३ रन बनाउन सफल भएको थियो । छितिज खड्का २१ बलमा ४ चौकाको मद्दतले २, मधुसूदन गिरिले २१ बलमा २ चौकाको मद्दतले २६ रन लिन सफल हुनुभएकाे थियाे । बलिङमा हिमाल घर्तीले ३ ओभरमा २५ रन दिएर ३ बिकेट लिउन सफल हुनुभयाे ।

१ सय १४ रनकाे टार्गेट लिएर जबाफी ब्याटिङमा आएको वडा नं. तीन १४.३ ओभरमा अलाउट हुदै ६७ रन मात्र बनाउन सफल भएको थियो । गोमल थापाले १३ र सुदर्शन बांठाले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंक सम्म छुन सक्नुभएन । बलिङतर्फ सन्दिप घर्तीले ३ ओभर गर्दै १६ रन दिएर ३ बिकेट, राजेन्द्र गिरिले ३ ओभर गर्दै १३ रन दिएर ३ विकेट ल्याउन सफल हुनुभयाे ।

खेलमा क्रिकेटतर्फ म्यान ओफ द सिरिज वडा नं. ३ का सुदर्शन बाठा, बेस्ट ब्याट्सम्यान वडा नं. ३ कै मदन सुनार त्यसै गरि बेस्ट बलरमा वडा नं. ५ का मनोज वली घोषित भएको छन ।

भलिबलतर्फ वडा नं. ५ प्रथम , दोस्रो वडा नं. ६ र तेस्रो वडा नं.८ हुन सफल भएको छ । भलिबलमा बेस्ट खेलाडी वडा नं. ५ का मनु घर्ती भएका छन् ।

बुद्धिचाल तर्फ प्रथम प्रेम सारु मगर, दोस्रो टुकमान पुन र तेस्रो दुर्गा नेपाली हुन सफल भएको छन् ।

क्रीकेटको अफिसियलमा हिमाल महरा, पुरन सोति मगर , टोपाराम अधिकारि रा गुरु बिक रहनु भयको थियोे ।

क्रीकेट प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार , दोस्रो पुरस्कार १० हजार र त्यसै गरि भलिबलमा प्रथम पुरस्कार १५ हजार , दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार र बुद्दिचालमा प्रथम पुरस्कार १० हजार , दोस्रो पुरस्कार ८ हजार र तेस्रो पुरस्कार ५ हजार रहेको बंगलाचुली गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख ओम केसीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*