दाङ, १९ वैशाख ।
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ काे आज छैठौं दिन लाेकप्रिय गायक खेम सेञ्चुरीकाे प्रस्तुति रहने भएकाे छ।
सेञ्चुरी पछिल्लो चरणमा नेपाली सङ्गीतमा जमेका गायक मानिन्छन् । हरेक दर्शक र श्राेताकाे मन मस्तिष्कमा बसेका गायकले आफूलाई स्थापित गायकका रूपमा दर्ज गर्दै लगेका छन् ।
गायक सेञ्चुरीका सुर्ती माड्दै माड्दै, कपलु काेरेर, कामी दाइकाे छाेराे, काँचाे बेलाउती,चार ताेलाकाे बाला लगायतका गीत चर्चामा रहेका छन् ।
साथै आज महोत्सवको छैठौं दिन गायक यागेश्वर बस्नेत, माेती केसी, राजकुमार वली, गायिकाहरु अनु राना मगर, शर्मिला अर्यालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।
RaptiSandesh RaptiSandesh