Home / समाचार / घोराही–१५ लाई अक्सिजन कन्सनट्रेटर प्रदान

घोराही–१५ लाई अक्सिजन कन्सनट्रेटर प्रदान

दाङ,१४ असार । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालि दाङ शाखाले घोराही उपमहानगरपालिका वडा नं. १५ लाई अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।

वडा अध्यक्ष रमेश कुमार पाण्डेयको अध्यक्षता भएको मेसिन हस्तान्त्रण कार्यक्रममा वोल्दै अध्यक्ष पाण्डेयले कोरोना महामारीका वेला प्रालिले गरेको सहयोगको प्रशंसा गरेका थिए । उनले सामाजिक सेवाभावले प्रदान गरेको उक्त कन्सनट्रेटरले वडावासीहरुलाई रहात महसुस गर्ने भन्दै यसको उचित प्रयोगमा वडाले ध्यान पुर्याउने बताएका थिए ।

प्रालिका परामर्षकर्ता हिसिला वलीले यस अघि सिसहनिया स्थित कोभिड हस्पिटललाई एउटा कन्सनट्रेटर प्रदान गरेको जानकारी दिदै दाङमा थप एउटा मेसिन उपलव्ध गराउने जानकारी दिराएकी थिइन । देशै भरी ५० वटा कन्सनट्रेटर वितरण गर्ने लक्ष लिएको प्रालिले अध्ययनको लागि विदेश जानेहरुका लागि शैक्षिक परामर्ष दिने कार्य गर्दै आएको परामर्षकर्ता वलीले जानकारी दिइन ।

प्रालिले विर्तामोड इटहरी विराटनगर विरगञ्ज तिचवन नवलपरासी वुटवल पोखरा नेपालगञ्ज लगाएतका शहरहरुमा अक्सिजन कन्सनट्रेटर वितरण गरिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*