Home / विशेष / बागेश्वरी मीन ट्रडर्सद्धारा पत्रकर महासंघलाई ‘अक्वागार्ड वाटर प्यूरिफाई मेसिन’ सौजन्य

बागेश्वरी मीन ट्रडर्सद्धारा पत्रकर महासंघलाई ‘अक्वागार्ड वाटर प्यूरिफाई मेसिन’ सौजन्य

घोराही, १० असोज

बागेश्वरी मीन ट्रडर्स एण्ड सप्लायर्स घोराहीले नेपाल पत्रकार महासंघ दाङ शाखालाई ‘अक्वागार्ड वाटर प्यूरिफाई मेसिन’ सौजन्य गरेको छ । लामो समयदेखी उत्कृष्ट शुद्ध पिउने पानी मेसीनको सप्साई गरिरहेको बागेश्वरीले पत्रकार महासंघमा मेसिन सौजन्य गरेको हो ।

बागेश्वरी मीन ट्रडर्स एण्ड सप्लायर्स घोराहीका प्रोपराईटर मिनराज भाटले आज पत्रकार महासंघका अध्यक्ष सविन प्रीयासनलाई मेसिन हस्तान्तरण गर्नुभएको थियो ।

पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य लगायत विशिष्ठ व्यक्तीहरुको उपस्थितिमा भाटले मेसिन महासंघलाई प्रदान गर्नुभएको हो ।

पत्रकार महासंघ सामाजिक संस्था भएकाले १८ हजार बराबरको अक्वागार्ड वाटर प्यूरिफाई मेसिन सौजन्य गरेको त्रिभुवन नगर जेसीजका उपाध्यक्ष समेत रहेका मिनराज भाटले जानकारी दिनुभयो ।

भाट दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, दाङ युवा मञ्चको महासचिव, घोराही ग्लाइडर्स क्रिकेट क्ल्बको सचिव र सुदुरपश्चीमेली समाज दाङको सचिव लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ ।

त्यस अवसरमा मेसिन सौजन्य गर्ने मिनराज भाट सहित बागेश्वरी मीन ट्रडर्स एण्ड सप्लायर्स घोराही परिवार पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*