Home / Feature Breaking news / पश्चीममा कांग्रेसको चुनावी प्रचार तीव्र

पश्चीममा कांग्रेसको चुनावी प्रचार तीव्र

दाङ, २७ कार्तिक

नेपाली कांग्रेसको चुनावी अभियान क्षेत्र नंवर ३ मा केन्द्रित भएको छ । विशेष घरदैलो पश्चात बबई गाउंपालिकाको पन्चकुलेमा आयोजित चुनावी सभामा बोल्ने वक्ताहरुले अघिल्लो केही दलहरुले गठबन्धनको नाममा कम्युनिष्ठ अधिनायकवाद लाद्न खोजेको बताएका छन् ।

त्यसकालागी वाम एकताको अधिनायकवादका विरुद्ध लोकतन्त्रको पक्षमा नेपाली कांग्रेस उभिएको बताए । लोकतन्त्र कि अधिनायकवादबिचको जनमत संग्रहको रुपमा यो निर्वाचन रहेकाले कुन रोज्ने जनताको हातमा भएको नेताहरुले बताएका छन् ।

‘धेरै राजनितिक आन्दोलनहरु गरीसक्यौं, अव समृद्धिको पक्षमा हामीहरु लागेका छौं’—पञ्चकुलेमा आयोजना भएको नेपाली कांग्रेसको चुनावी सभालाइ संबोधन गर्दै प्रतिनिधि सभासदस्य दिपक गिरीले भने ।

विश्वमा कम्युनिजमको इतिहास समाप्त भैरहेको अवस्थामा फेरी कम्युनिष्ट गठवन्धनका नाममा फेरी कम्युनिजम ल्याउन लागिएको भन्दै उनले अबको लगाइ भनेको लोकतन्त्र र कम्युनिष्ठ अधिनायकवादका विरुद्ध भएको बताए । ‘आन्दोलनका नाममा तपाइहरुको गास लुटियो, अव मत लुट्ने प्रयास भैरहेको छ, त्यसमा आम मतदाताहरु गम्भीर हुने आवस्यकता छ’—नेपाली कांग्रेसका उम्मेदवार गिरीले भने ।

साथै उनले आफु सिंचाइमन्त्री भएको अवस्थामा जिल्लाले धेरै योजना पाएको समेत दावी गरे । उनी सिंचाइ मन्त्री भएको कार्यकालमा सवैभन्दा बढि सिंचाइको बजेट दाङ जिल्लामा आएको यथार्थ अवस्था हो । साथै धेरै योजनाहरुको निर्माण ठेक्का संझौता समेत भैसकेको छ ।

कार्यक्रममा प्रदेश सदस्यका उम्मेदवार बुद्धिराम भण्डारीले नेपाली कांग्रेस जनताको पार्टि भएको भन्दै अव विकाश निर्माणमा गतिशिल हुने पार्टलाइ मतदान गर्न आग्रह गरे । ‘आज म तपाइको दैलोमा नयां उम्मेदवारका रुपमा आएको छ, यहांको विकाशमा म सांसद भएको अवस्थामा पनि भुमिका निर्वाह गर्न सकिन, कारण मेरो यो क्षेत्र थिएन, तर अब विकासले मत मन जित्ने अभियानमा नेपाली कांग्रेस लागेको छ’—भण्डारीले भने ।

कार्यक्रममा क्षेत्रीय सभापति जगत खड्काले अव नेपाली कांग्रेसले आर्थिक समृद्धिको अभियानमा गैसकेकाले विकाश गर्ने नेताहरुलाइ मतदान गर्न आग्रह गरे ।

चुनावी सभालाइ संबोधन गर्दै नेपाली कांग्रेसका समानुपातिकका उम्मेदवार शंकर प्रसाद गिरीले प्रदेशको राजधानी बनाउने हो भने नेपाली कांग्रेसलाइ मत दिन आग्रह गरे । ‘कांग्रेसले हारेको अवस्थामा दाङ प्रदेशको राजधानी बन्नै सक्दैन, त्यसमा तपाइहरु गम्भीर हुनुहोला, एमालेले बुटवलमा राजधानी बनाउने धेरै प्रपन्च रचेको छ’—गिरीले भने ।

साथै उनले पछिल्लो समयमा छिमेकि मुलुकहरुले केहि राजनितिक जालो फालेको अवस्थामा पनि नेपाली कांग्रेसले भने छिमेकि मुलुकहरुलाइ समदुरीको संवन्ध राख्ने बताए । कार्यक्रममा महाधिवेशन प्रतिनिधि तथा नेपाली कांग्रेसका खरा नेताका रुपमा परीचित केशव आचार्यले अव लोकतन्त्र चाहने र अधिनायकवाद चाहनेबीचको लडाइ भएकाले नेपाली कांग्रेसलाइ लोकतन्त्रका पक्षमा मतदान गर्न आग्रह गरे ।

‘विगतका निर्वाचनमा केहि झिना मसिना समस्या भएका थिए, तर अव लोकतन्त्र र कम्युनिष्ट अधिनायकवाद वीचको लडाइमा कांग्रेस झुक्किने अवस्था छैन’—आचार्यले भने, भात लुट्नेलाइ जनताले चिनिसकेका छन, अव उनीहरुले मत लुट्न सक्ने अवस्था छैन । पन्चकुले गाउं इकाइ सभापति रुद्र वहादुर डांगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इकाई सचिव महादेव केसीले गरेका थिए ।

बबई गाउंपालिकामा सम्पर्क कार्यालय

यसैबीच प्रतिनिधि सभासदस्यका उम्मेदवार दिपक गिरी र प्रदेश सभाषदका उम्मेदवार बुद्धिराम भण्डारीले संयुक्त रुपमा पन्चकुलेको कटकुइयामा स्थापना भएको निर्वाचन प्रचारप्रसार समितिको संपर्क कार्यालयको उद्घाटन गरेका छन् । कार्यालयमा झण्डा फहराएर उनीहरुले कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा उनीहरुले नेपाली कांग्रेस कम्युनिष्ट अधिनायकवादका विरुद्ध लोकतन्त्रको पक्षमा रहेको भन्दै अव जिल्लाका सवै क्षेत्रमा नेपाली कांग्रेसको विजय सुनिश्चित भएको बताएका थिए ।

हापुरेमा कांग्रेसको सभा

त्यसैबीच नेपाली कांग्रेसले पश्चिम पुरन्धाराको हापुरेमा पनि चुनावी सभा संपन्न सभामा बोल्दै प्रमुख बक्ता नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंवर ३ का उम्मेदवार दिपक गिरीले दाङलाइ कर्णालिलाइ जोड्न तुलसीपुर पुरन्धारा सुर्खेत सडक एक बर्षमै कालोपत्रे हुने बताए । ‘सवै क्षेत्रमा पार्ट पार्ट गरेर निर्माण ठेक्का भैसकेको छ, अव हामी कर्णालिलाइ दाङ जोड्ने अभियानमा छौं’—गिरीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*