Home / समाचार / क्षेत्र नम्बर १ मा कांग्रेसका उमेद्वार मतदाता भेटघाटमा

क्षेत्र नम्बर १ मा कांग्रेसका उमेद्वार मतदाता भेटघाटमा

देउखुरी, २७ कार्तिक
बिकासे एजेण्डा लिएर गाउँ पसेका नेपाली कांग्रेस क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य एबं प्रदेशसभाका उम्मेदवारहरुले आज पनि मतदाताहरुसंग भोट मागेका छन् । मतदाताहरुले राखेका बिकास निर्माणका योजनाहरु कार्यान्वयन गर्ने प्रतिवद्धता गर्दै उनिहरुले मतदाताहरुलाई विश्वास दिलाएका छन् ।

प्रदेश सभा २ का उम्मेदवार जानकीलाल बस्नेतले आज चुनावी अभियानका क्रममा विभिन्न स्थानका मतदाताहरुलाई बिकासका लागि कांग्रेसलाई विजयी बनाउन आग्रह गरेका छन् । मतदाताहरुले राखेका सडक,पानी,विद्युत विस्तार जस्ता बिकासे योजनाहरु आफ्नो जीतबाट सुनिश्चित हुने विश्वास दिलाउँदै उनले आफुलाई प्रदेश सभा सदस्यमा निर्वाचित गर्न मतदाताहरुलाई अनुरोध गरे ।
उनले आज घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा सम्पर्क कार्यालयको उद्घाटन गर्दै कांग्रेसको पक्षमा जनलहर सृजना गर्न पार्टी नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरे । ‘बिकासको पर्याय दल नेपाली कांग्रेस मात्रै हो,’उनले भने ‘यसर्थ मुलुकको हितका लागि कांग्रेसको पक्षमा जनलहर सृजनागर्न अनुरोध गर्दछु ।’ यसैगरि उनले रामपुरको भेडेटारमा घरदैलो गरेर मत मागेका थिए ।

यसैगरि प्रतिनीधिसभा सदस्य उम्मेदवार सुशीला चौधरीले पनि कांग्रेसको बिजयबाट मात्रै मुलुक समृद्ध हुने भन्दै कांग्रेसको पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेकी छिन् । आज देउखुरीका विभिन्न स्थानका मतदाताहरुसंग मत माग्दै उनले भनिन् ‘बिकासका लागि कांग्रेसलाई मत दिनुस् ।’ चौधरीले आज भालुवाङ,मौरिघाट,कट्यानगाउँ,गोवरडिहा लगाएतका स्थानका मतदाताहरुसंग भोट मागेकी थिईन् ।

यसैगरि प्रदेशसभा १ का उम्मेदवार प्रदीप थापाले पनि तटवन्ध निर्माण र पुल निर्माणका लागि प्रतिवद्धता जनाएका छन् । भालुवाङ, लालमटिया लगाएतका क्षेत्रका मतदाताहरुसंगको भेटमा मतदाताले उठाएका तटवन्धन र पुलको मागलाई आँफूले सहज रुपमा पुरा गनैृ विश्वास दिलाए ।

देउखुरी क्षेत्रका खहरेखोलाहरुका कारण बाढी विपत्ति भोग्नु परिरहेको भन्दै स्थानीयहरुले बाढी नियनत्रणका लागि पहल गरिदिनु पर्ने माग राखेका थिए । ‘तपाईहरुले राखेका माग गम्भिर रुपमा लिएको छु,’उनले भने ‘यि मागहरु म्ैले पुरा गरेरै देखाउने छु,म बोलीमा हैन काममा विश्वास गर्ने मान्छे हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*