Home / Feature Breaking news / दंगिशरण ६ मा विभिन्न प्रतियोगिता सम्पन्न

दंगिशरण ६ मा विभिन्न प्रतियोगिता सम्पन्न

दाङ, २५ फाल्गुन ।

११४ औँ महिला दिवशको अवसरमा दंगिशरण गाउँपालिका वडा नम्बर ६ मा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएको छ । दंगिशरण गाउँपालिका ६ को आयोजनामा लोकगीत, वक्तृत्वकला, कुर्सी दौड एवं घैटा फोड प्रतियोगिताहरु सम्पन्न भएको हो ।
वडा सदस्य टंकी भण्डारीको अध्यक्षता, दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता एवं गाउँपालिकाका उपाध्यक्ष पीमाकुमारी खड्काको विशिष्ठ आतिथ्यमा भएको प्रतियोगिता मध्य वक्तृत्वकला प्रगियोगितामा चन्द्रकला नेपाली प्रथम, कृष्णा विष्ट बोहरा द्वतिय र ललिता रोका तृतिय, लोकगीत प्रतियोगितामा रिमा के.सी. प्रथम, शीतल योगी भण्डारी द्वतिय र चन्द्रकला नेपाली तृतिय हुन ुभएको थियो । यस्तै कुर्सी दौड प्रतियोगितामा सीता भण्डारी प्रथम, निर्मला वली द्वतिय र मीला चौधरी तृतिय एवं विष्णु वली प्रथम, गंगा चौधरी द्वतिय र ईन्द्र परियार तृतिय हुनुभएको थियो । प्रतियोगिताका बिजेताहरुलाई प्रमाणपत्र र पुरस्कार स्वरुप साडी प्रदान गरिएको थियो । प्रतियोगिताहरुको सहजिकरण नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले गरेको थियो । सहभागी हिरा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव कुमारी खड्का भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*