Home / Feature Breaking news / राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा भएको मतदानमा अत्यधिक बहुमता सांसदको समर्थनसहित निर्वाचित भएका हुन् ।

माओवादी नेतासमेत रहेका दाहाल राष्ट्रिय सभामा सरकारबाट मनोनित सांसद थिए । ५७ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा दाहालले ३९ मत प्राप्त गरे । उनको विपक्षमा १७ मत पर्यो । जनमाेर्चाका सांसद तुलप्रसाद विश्वकर्मा मतदानमा सहभागी भएनन् ।

बैठकको प्रारम्भमा माओवादी केन्द्रका सांसद गोपीबहादुर आछामीले नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई एमाले, एकीकृत समाजवादी र जसपाका सांसदले समर्थन गरेका थिए ।

राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् । त्यसपछि नयाँ अध्यक्षकाे निर्वाचन भएकाे हाे ।

नवनिर्वाचित अध्यक्ष दाहाल संविधानसभा सदस्य पनि हुन् । उनी यसअघि २०६२÷०६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाका सदस्य पनि थिए ।

कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जसपालगायतको समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएपछि दाहाल राष्ट्रिय सभाको अध्यक्ष बन्ने बाटो खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*