Home / Feature Breaking news / दाङका तीन पालिकामा सामुदायिक सुरक्षा जालो कार्यक्रम

दाङका तीन पालिकामा सामुदायिक सुरक्षा जालो कार्यक्रम

दाङ, २५ जेठ

दाङमा सामुदायिक सुरक्षा जालो कार्यक्रम शुरु भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा जिल्लाको घोराही उपमहानगरपालिका, बंगलाचुलप् गाउँपालिका र दंगिशरण गाउँपालिका कार्यक्षेत्र रहने गरि कार्यक्रम शुरु भएको हो ।

कार्यक्रमले विपतका कारण अप्ठेरोमा परेका मानीसको जिवन रक्षाको लागी योगदान गर्ने छ । प्राकृतिक र मानव र्सिजित दुबै थरीको बिपतमा परेकाहरुको सेवाको लागी अपातकालीन राहात कोषको ब्यबस्था , मानसीक स्वास्थ्य परार्मश सेवा, अल्पकालीन राहातको व्यवस्था तथा अति विपन्न समुदायका बालबालिकाकोलागी शैक्षिक सामाग्री सहयोग लगाएतका कार्यहरु गर्ने नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रम अन्र्तगत छनोटमा परेका तीन पालिकास्तरका सरोकारवालाहरुसँगको अभिमुखीकरण कार्यक्रम बुधवार बंगलाचुली गाउँपालिकामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको प्रमुख आतिथ्य र गाउँपालिकाका उपाध्यक्ष भत्तबहादुर जिसीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा संस्थागत जानकारी सँगै परियोजनाको बारेमा संस्थाका व्यवस्थापक पवन योगीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष तुलसीराम पुनले बगलाचुली गाउपालिका लुम्बिनी प्रदेशमै विपतको उच्च जोखीमममा रहेको बताउनु भयो । उहाले बगलाचुली वडा नम्बर ७ को ढाबा बस्ती बगेको तिन बर्ष भएपनि अहीले सम्म प्रर्ण रुपमा पुनः निर्माण हुन नसकेको बताउनुभयो । त्यसैगरि क्रमश बगीराख्ने गाउहरु बर्षेनी थपिदै गएको बताउनु भयो । बगलाचुलीको २ सय ३६ घरहरु पहिरोको उच्च जोखीममा रहेको र सो बारेमा भुगर्वविद्हरुसँग परार्मश गरेतापनि ठोस निस्कर्ष आउन नसकेको पुनको भनाई थियो ।

कार्यक्रम सयोजक लिला शाहको बिषय प्रबेश बाट शुरु भएको कार्यक्रममा कार्यक्रममा बंगलाचुली गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, वडा अध्यक्षहरु, शाखा प्रमुख लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण सस्थाका आर.के शीतलले गर्नुभएको थियो ।

कार्यक्रम अन्रतगत यसअघी घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १५ का वादी समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*