Home / Feature Breaking news / होटल व्यवसायी डाँगीको स्मृतिमा श्रद्धाञ्जली सभा

होटल व्यवसायी डाँगीको स्मृतिमा श्रद्धाञ्जली सभा

दाङ, २३ जेठ ।

दाङको होटल व्यवासायी क्षेत्रमा लामो समयदेखी योगदान पुराउदै आउनु भएका होटल व्यवासायी रुद्रबहादुर डाँगीको शुद्धशान्तिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमाले दाङ र दाङ देउखुरी होटल व्यवसायी समितीको संयुक्त अयोजना मंगलबार डाँगीको निवास घोरही ६ बचाहमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सल्लाहाकार परिषद् सदस्य शम्भु गौतमको प्रमुख आतिथ्यमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो । दाङ देउखुरी होटल व्यवासायी समितीका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहुनुभएका डाँगीले दाङमा होटल व्यवसायीहरुको संस्थागत विकासदेखी होटल व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै उहाँको कामको सम्झना प्रमुख अतिथी शम्भु गौतमले गर्नुभयो ।

समितीको अध्यक्ष भएका बेला स्वर्गिय डाँगीले होटल व्यवसायीलाई मर्यादित बनाउन, होटलमा बाल श्रममुक्त अभियान सफल बनाउन र होटल व्यवसायीलाई पर्ने पिर मर्काहरु समाधान गर्न सशक्त रुपमा भुमिका खेल्नु भएको समितीका वर्तमान अध्यक्ष दिपेन्द्र पुनले बताउनु भयो । होटल व्यवासायीको साझा अभिभावकका रुपमा परिचय बनाई सक्नुभएका डाँगीको योगदानले दाङको होटल व्यवसायको प्रवद्र्धधनसँगै प्रदेशदेखी केन्द्रसम्मको संगाठनत्मक विकासमा दाङको प्रतिनिधित्व सशक्त रुपमा निर्वाह गर्नुभएको होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य नेत्र वलीले बताउनुभएको थियो ।

स्वर्गिय डाँगी हाल होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य, प्रदेश समितीको सल्लाहाकार, एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको जिल्ला अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रही भुमिका निर्वाह गर्दै आएको बेला उहाँको असामहिक निधनले संघ संस्था र संगठनले एक असल अभिभावक गुमाएको श्रद्धाञ्जली सभामा बोल्ने होटल व्यवसायी संघ तुलसीपुरका अध्यक्ष ईन्द्रबहादुर बस्नेत सहितका बक्ताहरुको भनाई रहेको थियो । शोकलाई शक्तिमा बदल्दै उहाँले देखाएको बाटो र सपना पुरा गर्न सबैले आ–आफ्नो ठाँउबाट जिम्मेवारी पुर्वक लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रमको सहजिकरण नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले गर्नुभएको जानकारी समितीका वरिष्ठ उपाध्यक्ष ईश्वर बुढाले जानकारी दिनुभयो । यसअघि दाङ देउखुरी होटल व्यवसायी समितीले निवर्तमान अध्यक्ष डाँगीको निधनमा तिन दिन शोक मनाएको थियो । समितीले तिन दिनसम्म आफ्ना सबै क्रियाकलाप बन्द गरेको गरेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*