Home / खेलकुद / कर्पोरेट फुटसल प्रतियोगिताको तयारी पूरा

कर्पोरेट फुटसल प्रतियोगिताको तयारी पूरा

लक्ष्मण बस्नेत
तुलसीपुुुर, २३ पुस
दाङको तुलसीपुरमा यहि पुस २५ गते देखि सुरु हुन लागेको स्काई वर्थ कप कर्पोरेट फुटसल प्रतियोगिता २०७६ को तयारी पूरा भएको छ ।
रोट्रयाक्ट क्लब अफ तुलसिपुरकोआयोजनामा तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्ड मा संचालन गरिन लागेको प्रतियोगिता को आर्थिक, प्राबिधिक तथा प्रचार प्रसार लगाएतको तयारी कार्य पूरा भएको प्रतियोगिता का संयोजक सुरज राईमाझी ले जानकारी दिए ।
स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २० हजार पुरस्कार, कप,हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद १० हजार तथा कप हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ प्लेयर अफ टुर्नामेन्ट र बेस्ट स्कोरर लाई पुरस्कृत गरिने क्लबका अध्यक्ष नवीन कुमार राई ले जानकारी दिए ।
पुस २६ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैबिच प्रतियोगिताको उद्घाटन दिउँसो १ बजे गरिनेछ ! उद्घाटन खेलमा तुलसिपुर उधोगबाणिज्य संघ र पत्रकार को टिम भिड्नेछ्न् ! खेल दिउँसो २ बजे बाट सुरु हुने क्लबका महासचिव कमल डागिले जानकारी दिए !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*