दाङ, ११ माघ
दाङको नारायणपुर क्षेत्रमा चोरीका घटनाहरु बढ्न थालेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर लगायत वडा नम्बर ११ को खैरा क्षेत्रमा गाडीको ब्याट्रि एवं पसलहरुमा चोरी हुने गरेको स्थानीयबासीले बताएका छन् ।
करिब एक महिना अगाडी घोराही उपमहानगरपालिका वडा नम्बर ११ खैरा चोक नजिकै घरअगाडी पार्किङ गरि राखेको दुई वटा ट्याक्टरको ब्याट्रि चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै घोराही ११ हापुर खोलमा रहेको क्रशर उद्योगबाट पनि ब्याट्रि चोरी भएपछि प्रहरीले उनुसन्धानको क्रममा ब्याट्रि सहित २ जनालाई पक्राउ गरेको छ ।
ब्याट्रि चोरीको अनुसन्धानको क्रममा जनता वर्कशप खैराका मोहमद इर्साद सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनहिरुको साथबाट १२ भोल्टको चोरीका ेब्याट्रि पनि प्रहरीले फेला पारेको छ ।
साथै चोरको ब्याट्रि राख्ने रा १ ख ६७५ नम्बरको बसलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीको भनाई अनुसार दुधरास क्षेत्रमा बढि मात्रामा ट्याक्टरको ब्याट्रि चोरी भएका छन् । करिब २ महिनाको अवधीमा नारायणपुर, दुधरास र खैरा क्षेत्रमा ९ वटा गाडीको ब्याट्रि चोरी भएको छ ।
नारायणपुर र दुधरास क्षेत्रबाट क्षेत्रमा गाडीको ब्याट्रि चोरीका घटना बढेपछि हामीले सुक्ष्म रुपमा अनुुसन्धान गर्दा ब्याट्रिसहित २ जनालाई पक्राउ गरेका छौ’ ईप्रका नारायणपुरका प्रमुख प्रहरी नायव निरिक्षक भिमबहादुर सुनालले भने–‘पक्राउ परेकाहरुले सुशील निउरे र दिनेश खड्का नामका दुईजनाले ब्याट्रि ल्याएको बताएका छन् ।’ प्रहरीले निउरे र खड्कालाई खोजी कार्य तीव्र बनाएको बताएको छ ।