घोराही, ११ माघ
घोराहीका एक बालकले अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् । घोराही उपमहनगरपालिका १५ का संभव शाहले १० औँ जन्मदिनको अवसरमा घोराही ७ पर्सामा रहेको बाल शान्ति गृहका बालबालिकाहरुलाई सहयोग गरेका हुन् ।
आफ्नो जन्मदिनको अवसरमा विहीवार शाह परिवार पसौ पुगेर बालबालिकाहरुलाई स्टेशनरी, खेलकुद सामाग्री एवं फलफुल प्रदान गरेको थियो । वुवा सरोज शाह, आमा स्वेता शाह, हजुरवुवा सुन्दर शाह, हजुरआमा मञ्जु शाह सहित पुगेका बालक संभवले बाल गृहमा सहयोग गरेका थिए ।
बाल गृह सञ्चालक डा.भोलानाथ योगीले सहयोग गर्ने शाह परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यस अवसरमा भजनकृतन कार्यक्रम पनि भएको थियो ।
युवा नेता सरोज शाहले जेष्ठ सुपुत्र संभव शाहको जन्मदिनमा अनाथ बालबालिकाहरुलाई सानो सुहयोग गरेको र यो सहयोगबाट अरुलाई पनि प्रेरणा मिलोस भन्ने उद्धेश्यकासाथ सहयोग गरिएको बताएका छन् ।
उनको कान्छा सुपुत्रको अवसरमा घोराही १६ तेरौटेमा रहेका वृद्धाश्रममा न्यानो कपडा सहयोग गरेका थिए ।