Home / Feature Breaking news / महायज्ञमा एक करोड ५७ लाख संकलन, आठौँ दिन ४२ लाख दान

महायज्ञमा एक करोड ५७ लाख संकलन, आठौँ दिन ४२ लाख दान

घोराही, १० माघ

घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा डेढ करोड बढि दान संकलन भएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को आठौँ दिनसम्म १ करोड ५७ लाख ३ सय ३८ रुपैया दान संकलन भएको महायज्ञका निर्देशक प्रा.डा.अर्जुन बुढाथोकीले जानकारी दिनुभयो ।

महायज्ञको आठौँ दिन ४२ लाख ४ सय ५८ रुपैया दान संकलन भएको आर्थिक समितिका संयोजक भुपाल गिरीले जानकारी दिनुभयो ।

जसमा घोराही १३ का खिमबहादुर डिसीले ६ लाख,सम्राट सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्द तिमिल्सीनाले १ लाख १ हजार, घोराही १३ का रविलाल घर्तिले १ लाख ५१ हजार, देविबहादुर डिसीले २५ हजार ५ सय, घोराही १३ का के.वि.घर्ति र सारदा घर्तिले २५ हजार ५ सय ५५, लालबहादुर गिरीले २५ हजार १०, श्रीधर गिरीले ५५ हजार ५ सय ५५, मायाकुमारी घर्तिले १ लाख ५ सय ५५, प्रेमबहादुर बुढाले १ लाख ११ हजार १ सय ११, मिलनचोक टोल विकास संस्थाले ५१ ह्जार ५ सय २५ रुपैया दान गर्नुभएको आर्थिक समितिका केशव गिरीले जानकारी दिनुभयो ।

यस्तै बराहक्षेत्र संरक्षण सम्वद्र्धन धार्मीक समितिले १ लाख ११ हजार १ सय ११, रुद्रबहादुर घर्तिले ३१ ह्जार ५ सय ५? भिमबहादुर कसीले ५६ हजार ७ सय ८९, नारायण पाण्डेले ५० हजार ५५, कमल कार्कीले ५१ ह्जार १ सय ५, हरिप्रसाद गौतमले २५ हजार १ सय २५, आशमानी चौधरीले १ लाख ११ हजार १ सय ११, यमबहादुर महतराले ५१ ह्जार १ सय ५५, भिमकुमार रामदासले २५ हजार १ सय ५, रावरबहादुर बुढाथोकीले ५१ हजार ५ सय ५५ रुपैया दान गरेको गिरीले बताउनुभयो ।

यसैगरी केशव बुढाथोकीले ५५ हजार ५ सय ५५, खीमा पाण्डे र रेखा पाण्डेले ५० हजार ५५, घोराही हार्डवेयर व्यवसायी समितिले २५ हजार ८ सय ४५, रामबहादुर पुन र धनरुपी पुनले १ लाख ५ सय ५, नरेश भण्डारीले २५ हजार ५ सय ५५, धनकुमार रावतले २५ हजार ५ सय ५५, गणेशप्रसाद रोकाले १ लाख २१ ह्जार १ सय, जनकलाल पाण्डेले ३० हजार ५ सय ५, लुमासिंह बस्नेतले २५ हजार ५ सय २५देव ागिरीले १ लाख २ हजार २ सय ३, टीका गिरीले ५५ हजार ५ सय, रीता सेर्पाईली २५ हजार ५ सय ५५ रुपैया दान गर्नुभएको छ ।

विहीवार घोराही १३ का टेमन बुढाले ६ लाख १५ हजार १ सय ११ रुपैया बराबरको जग्गा दान गरेको भूमीदान व्यवस्थापन तथा मूल्यांकन उपसमितिका संयोजक देर्लभ केसीले जानकारी दिनुभयो । यस्तै दानपेटिकाबाट विहीवारसम्म ५८ हजार ४ सय ७५ रुपैया संकलन भएको छ । महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर महाराज रहनुभएको छ ।

महायज्ञमा नेपाल स्काउट दाङजिल्ला समिति, स्काउट पद्मोदय पब्लीक मावि भरतपुर, बराहक्षेत्रमा मावि सेवार बनगाँउ, बाल विकास स्काउट, गुरुकुल लीयो क्लब, सरस्वति मावि काठेकोहलले स्वयम्सेवकको काम गरिरहेको स्काउटका जिल्ला आयुक्त कमला लम्साल भारतिले जानकारी दिनुभएको छ ।

एक करोड दीप प्रज्वलन

महायज्ञमा एक करोड दीप प्रज्वलन गरिएको छ । महायज्ञको आठाँै दिन विहीवार एक करोड दीप प्रज्वलन गरिएको हो । देशमा शान्तिको कामना गर्दै पितृहरुको सम्झनामा दीप प्रज्वलन गरिएको आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिनुभयो । दीप प्रज्वलनकालागि भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

एक हजार ८ कन्या पूजन गरिने

महायज्ञमा १ हजार ८ कन्याको पूजा गरिने भएको छ । महायज्ञको अन्तिम दिन शुक्रवार एक हजार आठ कन्याको पूजा गरिने आयोजकले जानकारी दिएको छ ।

शुक्रवार विहान ७ बजेदेखी कन्या पूजन गरिने आयोजक मूल समितिका सहसंयोजक कुलबहादुर घर्तिले जानकारी दिनुभयो । साथै उहाँले सम्पूर्ण अभिभावकहरुलाई आफ्ना कन्याहरुलाई उक्त पूजन कार्यक्रममा सहभागी गराईदिनुहुन अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*