Home / Feature Breaking news / मन्त्री खनाललाई बधियाँ भाले उपहार

मन्त्री खनाललाई बधियाँ भाले उपहार

दाङ,१० माघ । कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’लाई दाङको बधियाँ भाले उपहार दिइएका छन । ५ नं. प्रदेशस्तरिय प्रथम पोल्ट्री महोत्सव एव प्रदर्शनी–२०७५ को उदघाटन गर्न दाङ आएका मन्त्री खनाललाई आयोजकले दाङको शानको रुपमा रहेको बधियाँ भाले उपहार दिएका हुन ।

किसानले व्यवसायिक रुपमा पालन गरेपनि व्यवसाय राम्रो हुन नसकेको भन्दै व्यवसायीक प्रर्वद्धनमा मद्धत पुगोस भन्ने उद्देश्यले मन्त्रीलाई बधियाँ भाले उपहार दिएको आयोजक सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङ घोराहीले जनाएको छ ।

महोत्सवको उदघाटन गर्दै मन्त्री खनालले कृषि व्यवसायलाई सम्मानित पेशाका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन । देशको समृद्धिको मुख्य आधारको रुपमा रहेको कृषि व्यवसायको प्रवद्र्धनका लागि उपयुक्त नीति नहुदाँ अहिले लाखाँै युवाहरु विदेशीने अवस्था रहेको भन्दै मन्त्री खनालले त्यो अवस्था रोक्न आफु लागि परेको बताए । ‘परम्परागत कृषि प्रणालीमा सुधार ल्याउन नीतिगत सुधारमा लागेको छौँ’,कार्यक्रमका प्रमुख अतिथि मन्त्री खनालले भने,‘त्यसका लागि नीति सुधारमा लागेको छौँ ।’ कृषि व्यवसायमा युवाहरुको आकर्षण ल्याउनका लागि कृषिलाई सम्मानित पेशाका रुपमा विकास गर्न आवश्यक रहेको समेत बताए ।
त्यस्तै अहिले देशमा सवै बस्तु आयात हुने गरेपनि माशु र अण्डामा मात्र आत्मनिर्भर रहेको बताए । हाम्रो देशलाई कृषि प्रधानदेश भने पनि हामी हरेक बस्तु आयात गर्ने अवस्थामा रहेको भन्दै यसले देशलाई घाटा पु¥याई रहेको समेत बताए । अव देशले आत्मनिर्भर रहेको अण्डा र माशु व्यवसायलाई प्रवद्र्धन गर्दै कृषिको सुधारमा लाग्नुपर्ने बताएका थिए ।

५ नं. प्रदेशस्तरिय प्रथम पोल्ट्री महोत्सव मुल आयोजक समितिका संयोजक निमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाकी सचेतक शान्ता चौधरी, प्रदेश सभा सदस्य दामा शर्मालगायतका बक्ताहरुले पोल्टी व्यवसायको प्रवद्र्धन गर्न सके स्वदेशमै रोगजारीका अवसरहरु सिर्जन ागर्न सकिने बताएका थिए ।

सुरक्षित कुखरा तथा दाना व्यवसायी समितिका दाङका उपाध्यक्ष तथा ५ नं. प्रदेशस्तरिय प्रथम पोल्टी महोत्सवका निर्देशक महेन्द्र बुढाथोकीको स्वागत मन्तव्यवाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव चन्दन भण्डारीले गरेका थिए । २० गतेसम्म सञ्चालन हुने ५ नं. प्रदेशस्तरिय प्रथम पोल्टी महोत्सव एव प्रदर्शनीमा पोल्ट्री सम्वन्धी विभिन्न स्टलहरु राखिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*