दाङ, ७ साउन
हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज) को अवसरमा तयार पारिएका गीतहरु घन्कन सुरु गरेका छन् । गायिका सरिता प्रजापतिको तीज गीत सार्वजनिक भएको छ ।
‘सबै प्रदेशमा’ बोलको यो गीतमा विदेशीएकाहरुले घरपरिवारका सदस्यहरुसँग गरेको कुराकानीलाई गीतको माध्यममा प्रस्तुत गरिएको छ । सबै प्रदेशमा भएकाले घरमा भएको व्यक्तीले नाच्ने व्यक्ती नै नभएको एवं प्रदेशमा भएकाले यो तीजमा सँगै नाच्न नपाएको व्यथालाई समेटिएको छ ।
सरिता प्रजापति र राजेश बर्देवाको स्वर रहेको छ । गीतमा ग्रामीण भेगको कथावस्तुसँगै दृष्यपनि ग्रामीण भेगको नै समावेश गरिएको छ ।
भिडियो हेर्नकालागि यहाँ क्लीक गर्नुहोस्ः