Home / Feature Breaking news / नमुना स्कूल खोज्दै स्थानीय सरकार

नमुना स्कूल खोज्दै स्थानीय सरकार

अमरराज आचार्य
दाङ । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका उत्कृष्ट नमुना विद्यालयको खोजी थालेको छ । निश्चित मापदण्डको आधारमा नगर क्षेत्रका ५ विद्यालय छनोट गरिने घोराही उपमहानगर शिक्षा शाखाले जनाएको छ । विद्यालय, उपमहानगरपालिका र अभिभावकको सहकार्यमा नमुना विद्यालय छनोटको काम हुने छ । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ मा उपमहानगरपालिका क्षेत्रका ५ नुमना विद्यालय छनोट गरेर अघि बढ्ने नगरपालिकाले जनाएको छ । विद्यालय छनोटका लागि घोराही उपमहानगरपालिका शिक्षा शाखाले आधार तयार पार्दै गरेको समेत शिक्षा शाखाका प्रमुख नारायण पौडेलले बताए ।
उनकाअनुसार त्यसको लागि उपमहानगरपालिकाले फाराम निर्माणको काम थालेको छ । ‘हामीले नमुना विद्यालय छनोटका लागि फाराम निर्माण तयारी थालेका छौं’ पौडेलले भने ‘फाराममा के–के राख्ने भन्ने विषय शिक्षाका सरोकारवालाहरुसँग छलफल गरेर अन्तिम रुप दिने छौं ।’ सबैको सहभागितामा आधारहरु निर्माण गर्दा नयाँ–नयाँ योजनाहरु आउनसक्ने उपमहानगरपालिकाले जनाएको छ । फाराम निर्माण गरिसकेपछि विद्यालयहरुलाई नमुना विद्यालय बनाउनका लागि आह्वान समेत गरिने छ । छनोट गरिएका विद्यालयहरुलाई नमुनाको रुपमा अगाडि बढाउने काम हुने छ ।

फाराम भरेर नमुना विद्यालय बनाउन तयार रहने विद्यालय मध्येबाट नै नमुना विद्यालय बनाइने शिक्षा शाखा प्रमुख पौडेलले बताए । विद्यालयलाई नमुना बनाउनका लागि केही रकम उपमहानगरपालिकाले सहयोग गर्ने छ भने केही रकम विद्यालय आफैले व्यहोर्नु पर्ने छ । विद्यालयहरु सहमति भएमा मात्र नमुना विद्यालय बनाउने कार्य अगाडि बढाउने योजना भएको पौडेलले बताए । नमुना विद्यालयको लागि शिक्षाको गुणस्तर राम्रा, विद्यालयको आफ्नो ५ वर्षीय शैक्षिक योजना भएको, शिक्षक विद्यार्थी समयमा आउने र समयमा जाने, विद्यालय व्यवस्थापन समितिको नियमित बैठक बसेको, विद्यालयको विकास तथा शैक्षिक विकासका लागि योजना निर्माण, शैक्षिक सामग्री निर्माण गरेर अध्यापन, शैक्षिक क्यालेण्डर अनुसार विद्यालयमा शिक्षण सिकाई नै मापदण्डका आधार भएको उनले बताए ।

यसैगरेर विद्यालयमा नियमित रुपमा अतिरिक्त शिक्षण सिकाई क्रियाकलाप सञ्चालन, विद्यालयका शुद्ध खानेपानीको व्यवस्था, बालमैत्री व्यवहार, शौचालयको उचित व्यवस्थापन र विद्यालयमा राजनैतिक बन्द जस्ता मापदण्ड रहने पौडेलको बताए । उपमहानगरपालिकाले उत्कृत शिक्षकलाई सम्मान तथा पुरस्कृतका कार्यक्रम राख्ने भएको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुखका अनुसार परीक्षा सकिएपछि उत्कृष्ट शिक्षकलाई सम्मान गरिने छ । यो कार्यले शिक्षाको गुणस्तरमा सुधार आउने अपेक्षा कार्यालयले गरेको छ । यसैगरेर मन्टेश्वरी कक्षालाई प्रभावकारी बनाउनका लागि मन्टेश्वरी कक्षामा अध्यापन गराउने शिक्षकलाई तालिम प्रदान गरिने छ । तालिम प्रदान गर्नका लागि उपमहानगरपालिकाले सहयोग गर्ने छ ।

स्थानीय सरकारले नमुना विद्यालय छनोट गर्न थालेको छ । तर जिल्लाका ग्रामीण स्तरमा रहेका विद्यालयहरुमा अहिले विद्यार्थीहरुको अनुपातमा शिक्षक छैनन् । सहरी क्षेत्रमा विद्यार्थी अनुपातमा शिक्षकको संख्या बढी छ । यसैगरेर विषयगत शिक्षकहरुको समेत अभाव छ, जसले शैक्षिक गुणस्तरमा समेत असर पुगेको छ । दरबन्दी मिलानको लागि पटक–पटक प्रयास थालिए पनि दरबन्दी मिलानले सार्थकता अझै पनि पाउन सकेको छैन । पछिल्लो चरणमा शिक्षक सरुवाका काम भएको छ । त्यो पनि आफैमा पर्याप्तता नभएको शिक्षकहरुले बताएका छन् । जिल्लामा ४ सय २६ सामुदायिक विद्यालय छन् । घोराही उपमहानगर क्षेत्रभित्र ९८ सामुदायिक विद्यालय छन् । आधारभुत ५९, निमावि १४ र मावि २५ छन् ।

नमुना विद्यालयका लागि प्रतिवद्धतापत्र निर्माण

यसैविच नमुना विद्यालयको लागि घोराही उपमहानगरपालिका वडा नं। १४ मा नमुना विद्यालय बनाउन १६ बुँदे प्रतिबद्धतापत्र निर्माण गरिएको छ । वडामा सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहभागितामा उक्त प्रतिबद्धतापत्र निर्माण गरिएको हो ।

वडामा सञ्चालित विद्यालयमा नमुना विद्यालयमा रुपमा सञ्चालन गर्नका लागि यो अभियान सञ्चालन गरिएको वडा नं। १४ का अध्यक्ष शक्तिराम डाँगीले बताए । उक्त प्रतिबद्धतापत्रमा शिक्षक र विद्यार्थी १० बजे अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुनुपर्ने, कक्षा कोठामा शिक्षकले पाठ्यक्रम अनुसारको शैक्षिक सामग्री अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, भयरहित र पूर्ण बालमैत्री कक्षाका रुपमा पठनपाठन सञ्चालन गर्नुपर्ने, विद्यार्थीहरुलाई सुरक्षित खानेपानीको व्यवस्था गर्ने, विद्यालय परिसर र कक्षाकोठा पूर्ण सरसफाईको व्यवस्थापन र विद्यालय परिसरमा पुष्पबाटिका निर्माण गर्नुपर्ने, विद्यार्थी र शिक्षकका लागि शौचालयको राम्रो व्यवस्थापन गर्नुपर्ने छन् ।

यसैगरेर लागूऔषध, दुव्र्यसनी मुक्त गर्नका लागि प्रत्येक विद्यालयमा फोकल पर्शन तोक्नुपर्ने । शिक्षक बिदामा बस्दा एक दिन अगाडि बिदा स्वीकृत गर्नुपर्ने, विद्यार्थीहरुबाट शुल्क रकम नलिने, कुनै काम गर्दा वडा कार्यालयलाई लिखित जानकारी गराउनुपर्ने, प्रत्येक महिना विद्यालय व्यवस्थापन समितिको बैठक अनिवार्य बस्नुपर्ने, प्रत्येक विद्यालयको आय÷व्ययको विवरण लिखित रुपमा वडा कार्यालयलाई जानकारी गराउनुपर्ने, शिक्षकले विद्यार्थीसँग प्रत्येक दिन एउटा अंग्रेजी शब्द बोल्न र विद्यार्थीलाई लेखेर ल्याउन लगाउँने, विविध विषयमा अन्तर विद्यालय प्रतियोगिता सञ्चालन गर्ने, सुरक्षित खानोपानी वितरणका लागि सबै विद्यालयहरुमा अनिर्वाय युरोगार्डको व्यवस्थापन मिलाउने छन् ।

विद्यार्थीहरुका लागि प्रत्येक विद्यालयमा संस्कारिक पठनपाठनको व्यवस्था गर्नुपर्ने, विद्यालयमा जातीय छुवाछूत तथा विभेद रोक्न अन्तत्र्रिmया र पठनपाठन सञ्चालन गर्नुपर्ने समेत अध्यक्ष डाँगीले बताए । घोराही उपमहानरपालिका शिक्षा महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले यस आर्थिक वर्षमा घोराहीका पाँच सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा स्थापना गर्न लागेको बताए । कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विव्यस र शिक्षक अभिभावक संघलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*