Home / Feature Breaking news / डा. केसीको अनसन अहिलेसम्मकै लामो

डा. केसीको अनसन अहिलेसम्मकै लामो

काठमाडौं,७ साउन । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.गोविन्द केसी विगत २४ दिनदेखि आमरण अनसनमा छन् । डा. केसीको यो अनशन अहिलेसम्मकै लामो भएको छ ।

यसअघि ११ औं अनसनका क्रममा डा केसी २३ दिन लामो अनसन बसेका थिए । उनले गत वर्ष साउनमा २३ दिन लामो अनसन बसेका हुन् । तर त्यसबेला प्राकृतिक विपद् आएको भन्दै उनले २३ दिनमा आफ्नो अनसन अचानक स्थगित गरेका थिए । त्यो नै उनको अहिलेसम्मको सबैभन्दा लामो अनसनको रेकर्ड हो ।
जबकि पन्ध्रौं अनसनसम्म आइपुग्दा डा केसीको अनसन अझै केही दिन जारी रहने देखिएको छ । सरकार मागप्रति संवेदनशील नभएको भन्दै डा। केसी पक्षले पूर्ण म्यान्डेडसहितको वार्ता टोली गठन गर्न सरकारसित माग गरिरहेको छ ।

हाल गठित वार्ता टोलीसित समेत डा. केसी पक्षले वार्ता गर्न इन्कार गरेका छन् । जसका कारण डा। केसीको यो अनसन थप लम्बिने देखिएको छ ।

सरकारले केही दिनलाई संसद् स्थगित गरेर सकारात्मक संकेत दिए पनि संसदमा पेश भएको चिकित्सा स्वास्थ्य विधेयक फिर्ता लिने संकेत दिएको छैन ।

विधेयक फिर्ता हुनुपर्ने माग राख्दै अनरन बसेका डा। केसीले गत असार १६ गते जुम्लाबाट आफ्नो अनसन सुरु गरेका थिए । उनले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता हुनुपर्ने माग राख्दै अनसन बसेका थिए ।

तर अनसनका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सरकारले डा. केसीलाई चार दिनअघि जुम्लाबाट ‘रेस्क्यु’ गरी काठमाडौ ल्याएको थियो । डा. केसी हाल त्रि।वि शिक्षण अस्पताल, महाराजगञ्जमा रहेका छन् । उनको मागप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न राजनैतिक दलले समेत काठमाडौमा आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*