Home / Feature Breaking news / राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

काठमाडौँ – राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले साढे तीन लाखसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले माघ १२ मा हुने निर्वाचनका लागि उम्मेदवारहरूले ३ लाख ५० हजारसम्म खर्च पाउने जनाएको छ ।

मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा एक हजार, सवारी साधनमा ७० हजार, गोष्‍ठी/अन्तर्क्रियामा एक लाखलगायत तोकिएको छ । रिक्त १९ पदका लागि विभिन्न दलबाट ४३ जनाले उम्मदेवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*