Home / Feature Breaking news / कोरोना संक्रमणका कारण विद्यालय बन्द

कोरोना संक्रमणका कारण विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि दाङको एक विद्यालय बन्द भएको छ । तुलसीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि पठनपाठन बन्द भएको हो ।

एन्टिजेन परीक्षण गर्दा विद्यालयका ६ शिक्षक र ६ विद्यार्थी गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुको स्थानीय मेट्रो अस्पतालमा एन्टिजेन परीक्षण गरिएको थियो ।
पाँच दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै तुल्सीपुर उपमहानगरपालिका–६ स्थित राप्ती बाल एकेडेमीका दुई विद्यार्थीमा पनि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको विद्यार्थीको सम्पर्कमा आएका अन्य विद्यार्थी र शिक्षकहरुको कोभिड परीक्षण भइरहेको शिक्षा शाखाका भण्डारीले बताए । संक्रमित सबैको अवस्था सामान्य रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*