Home / Feature Breaking news / माटोको भाँडा बनाएर जीवन निर्वाह

माटोको भाँडा बनाएर जीवन निर्वाह

दाङ । मोटोका भाँडा बनाउँदैमा गाजुराम थारूको ५० वर्ष बित्यो । उमेरले ६५ कटेपनि गाजुराम अझै यही पेशामा रमाइरहेका छन् । दाङको गढवा गाउँपालिका पत्रेङ्गा गाउँ निवासी गाजुराम मात्र होइन उनका सातभाइ छोरा यही माटोको भाँडा बनाउने पेशा अपनाएर जीवनयापन गर्दै आइरहेका छन् ।

विदेश गएर भन्दा आफ्नै जन्मभूमिको माटोमा काम गर्दा राम्रो हुन्छ भनेर आफूले छोराहरुलाई यही पेशालाई निरन्तरता दिन सुझाव दिएको उनले बताए । पेशाबाट परिवार पाल्न सकिने र आम्दानी हुने देखेर छोड्न पनि नसकेको उनले बताए । ‘जग्गा जमीन केही छैन, मेरो पनि छैन, बाबु बाजेको पनि थिएन, छोराको पनि छैन, तर यही माटोको भाँडा बेचेर जिवन चलाउँदै आएका छौ । गाजुरामसहित छोरा, बुहारी घैँटा, भुर्की, ठेकी, कोशी, गमला, खुर्तुके, पालालगायतका भाँडा बनाउन व्यस्त देखिन्छन् । महीनामा १० हजारदेखि १५ हजारसम्म भाँडा बेचेर आम्दानी गरीरहेको गाजुरामले सुनाए । छोराहरुले भने माटाको भाँडा बनाएर अझै बढी आम्दानी गर्ने उहाँको भनाइ छ ।

कुमाले गाउँ भनेर चिनिने पत्रेङ्गाका अगुवासमेत रहनुभएका गाजुरामको परिवारले गाउँभरि सबैभन्दा धेरै भाँडा बनाउँने गर्छन् । सो गाउँमा अहिले करीब ३५ घर परिवार कुमाल छन् । सबैको पेशा माटोका भाँडा बनाएर बेच्नु हो । आधुनिकीकरणसँगै बजारमा प्लाष्टिक तथा अन्य भाँडाको प्रचलन बढेपछि माटाका भाँडा बिक्न छोडेको भन्ने उनलाई खासै पत्यार भने लाग्दैन । ‘२०५५÷५६ सालसम्म धेरै बिक्थ्यो, त्यसपछि पनि एक दुई साल केही कम भयो तर अहिले पनि हाम्ले त बेचिरहेका छौँ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*