Home / प्रदेश समाचार / दाङ उद्योग वाणिज्य संघबाट प्रतिष्ठानको सल्लाहकार अस्वीकार

दाङ उद्योग वाणिज्य संघबाट प्रतिष्ठानको सल्लाहकार अस्वीकार

दाङ । दाङ उद्योग वाणिज्य संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मनोनित गरेको प्रतिष्ठानको सल्लाहकार पद अस्वीकार गरेको छ । संघले आज एक विज्ञप्ति जारी गरी सल्लाहकार पद अस्वीकार गरेको सार्वजनिक गरेको हो ।

प्रतिष्ठानले संघका अध्यक्ष टंकसिंह बुढाथोकीलाई सल्लाहकारमा मनोनित गरेको पत्र पठाएको थियो । संघले तत्कालीन १५ सैयाको महेन्द्र अस्पताल राप्ती उप क्षेत्रीय अस्पताल बनाउने तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

‘पछिल्लो चरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सञ्चालनका लागि गठित सरोकार समितिको संयोजक भई दाङ जिल्ला उद्योग वाणिज्य संघले काम गरिरहेको छ । सबै राजनीतिक दल, नागरिक समाज तथा विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा यो समिति अहिले पनि क्रियाशील रहेको छ ।’ संघका अध्यक्ष टंकसिंह बुढाथोकी र महासचिव महेन्द्र बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रष्ठिानलाई सवल, सक्षम तथा प्रभावकारी बनाउन सरोकार समितिका माध्यमबाट संघ सधैं प्रयत्नशील रहेको विज्ञप्तिमा बताइएको छ । ‘ हालै प्रतिष्ठानको सल्लाहकार समितिको सदस्यमा यस संघका अध्यक्षलाई पनि राखेको पत्र प्राप्त भएको छ ।

प्रतिष्ठानलाई सहयोग गर्न गठित उस्तै प्रकृतिको सल्लाहकार समितिको सदस्यमा बस्न छुट्टै ऐतिहासिक गरिमा बोकेको संस्थाको नैतिकताले नदिने निष्कर्ष सहित हालै गठित प्रतिष्ठानको सल्लाहकार समितिको सदस्यमा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टैकसिंह बुढाथोकीको सहभागिता नरहने यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउँदछौँ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*