Home / Feature Breaking news / देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ आजै

देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ आजै

काठमाडौं,२९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी दिएका छन् ।

‘सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपतिज्यूले देउवाजीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ,’ उनले भने, ‘उहाँको शपथ आजै गराउने तयारी भइरहेको छ ।’

यसअघि सोमाबार सर्वोच्च अदालतले देउवालाई मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिको कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*