Home / Feature Breaking news / प्रकृतिको विनाश रोक्नः पूर्व राष्ट्रपति यादवको सुझाव

प्रकृतिको विनाश रोक्नः पूर्व राष्ट्रपति यादवको सुझाव

दाङ । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवले जथाभावी रुपमा भईरहेको प्रकृतिको विनाश रोक्नुपर्ने बताएका छन ।
दाङको घोराहीमा रहेको शान्ति सुधा आवासीय माध्यामिक विद्यालयले रजत जयन्ती अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व राष्ट्रपति यादवले जथाभावी रुपमा रहेको प्रकृतिको विनाशले गम्भीर असर पार्ने भन्दै प्रकृतिको विनाशलाई रोक्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रकृतिको विनाशलाई समयमै नरोकेले नेपाल र नेपाली जनताले ठुलो असर बेहोर्नुपर्ने समेत उनले बताए ।‘जनताभावी प्रकृतिको बिनाशका कारण पानीको समस्या बढ्दै गएको छ,यसतर्फ समयमै सोच्न आवश्यक छ’,कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्व राष्ट्रपति यादवल भने,‘समयै प्रकृतिको बिनाशलाई रोक्न नसके,भविष्यमा पानीकै समस्याक कारण कृषिमा समेत ठुलो समस्या पर्ने अवस्था आउन सक्छ ?’ प्रकृतिको विनाशका कारण प्राकृतिक सम्पदामा गम्भीर असर परेको समेत बताए । देशका सम्पतीका रुपमा रहेका प्राकृतिक सम्पदा बचाउनकालागि अव देशका तीनै तहमा रहेका सरकारहरुले प्रकृतिको संरक्षणमा ध्यान दिन आवश्यक छ उनल ेभने ।
विश्व जगतमा नेपाल प्रकृतिको धनी देशका रुपमा चिनिए पनि पछिल्लो समय हिमालमा हिम पग्लने र तराईमा जथाभावी उत्खनन्ले प्रकृतिमा गम्भीर असर पार्ने काम गरेको समेत बताए ।

anita

विद्यार्थीलाई कृषि पढ्न सुझाव
त्यस्तै पूर्व राष्ट्रपति रामवरण यादवले विद्यार्थीहरुलाई कृषि विषय लिएर पढ्न सुझाव दिएका छन । पछिल्लो समय विद्यार्थीहरु डक्टर,इन्जिनियरतर्फ आकर्षित भएको भन्दै उनले विद्यार्थीहरुलाई डक्टर,इन्जिनियरिङमा मात्र नभएर कृषितर्फ अध्ययन गर्न समेत सुझाव दिए । ‘हाम्रो देश कृषिमा राम्रो सम्भावना भएको देश हो,यहाँ कृषिमा अध्ययन अनुसन्धान आवश्यक छ’,पूर्व राष्ट्रपति यादवले भने,‘विद्यार्थीहरुको अवको शिक्षा कृषि हुन आवश्यक छ ।’ नेपालमा कृषि, वन,प्राकृतिक सम्पदालगायत विषयहरुमा गहन रुपमा अध्ययन हुन आवश्यक रहेको भन्दै त्यसतर्फ राज्यले पनि सहयोग गर्न आवश्यक रहेको बताए ।

rame

निजी विद्यालयहरुको तुलनामा सामुदायिक विद्यालयको शिक्षा कमजोर रहेको भन्दै यादवले सामन्य नागरिकका छोराछोरीहरु अध्ययन गर्ने सामुदायिक विद्यालयका छोराछोरीहरुले अध्ययन गर्ने विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा राज्यले ध्यान दिनुपर्ने बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटालगायताका बक्ताहरुले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा पूर्व राष्ट्रपति यादवले विद्यार्थीहरुले निर्माण गरेका विज्ञान प्रदर्शनीको समेत अवलोकन गरेका थिए ।

anite

anita

dai

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*