Home / समाचार / एकता दिवसमा भगवती माविमा खेलकुद प्रतियोगिता

एकता दिवसमा भगवती माविमा खेलकुद प्रतियोगिता

दाङ २७ पुस । घोराही उपमहानगरपालिका १९ को भगवती मावि होडवाङले राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रवार विविधि प्रयोगिता गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक प्रेमबहादुर घर्तीका अुनसार कुर्षी दौड, चम्चा दौड, बेलन फुटाउने र भलिबल प्रतियोगिता भएको छ ।

कक्षा ६तर्फको कुर्षी दौडमा शान्ति नेपाली प्रथम, गीता बुढाथोकी दोस्रो र तिर्था नेपाली तेस्रो भएका थिए । त्यसैगरेर कक्षा ७ बाट कली घर्ती प्रथम, होलिका राना दोस्रो र डोल्मा राँगु तेस्रो भएका थिए । कक्षा ८ मा भएको प्रतियोगितमा यमी खत्री प्रथम, अस्मिता घर्ती दोस्रो र विपना घर्ती तेस्रो भएका थिए । त्यसैगरेर चम्चा दौडमा सुशिला कुवर प्रथम, लक्ष्मी पुन दोस्रो र सुशिला सार्की तेस्रो भएका थिए ।

बेलफुटाउने छात्रा तर्फ नुमा पुन प्रथम, शिला घर्ती दोस्रो र मनिका विष्ट तेस्रो भएका थिए । छात्रतर्फ झबेन्द्र पुन प्रथम, कमल नेपाली दोस्रो र रविन विक तेस्रो भएका थिए । भलिवलमा माछापुच्छे सदन प्रथम, मकालु सदन दोस्रो र अन्नपुर्ण सदन तेस्रो भएका थिए । कार्यक्रम विद्यालयका सहायक प्रअ घर्तीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*