Home / Feature Breaking news / घोराहीमा बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुने

घोराहीमा बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुने

हिमाल महरा

घाेराही, १ फागुन

दाङमा तीन दिने अन्तराष्ट्रिय लाेकसांस्कृतिक महाेत्सव हुने भएकाे छ । एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानिय आयोजनमा फागुन १८ देखी २१ गते सम्म घोराहीको कृषि सामाग्री केन्द्रमा बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुने भएकाे हाे । आज दाङ जिल्ला उद्योग वाणिज्य संघले पत्रकार समेलन गरेर महाेत्सवबारे जानकारी गराएकाे छ ।

स्थानिय तथा देशको मौलीक कला तथा संस्कृतिलाई विश्व समुदाय समक्ष परिचित गराउने उद्देश्यका साथ नेपाल सहित भारत, जर्मन, अस्टे्रलिया, वेल्जियम, बोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेशिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका तथा दक्षिण कोरीयाका करिव ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रि कलाकारद्वारा सांस्कृतिक प्रस्तुती हुने मू आयोजक समिति संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनु भयो ।

दाङ जिल्लाको मौलिक परम्परागत कला संस्कृति झल्कने प्रस्तुति र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाचहरुपनि प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयाे । महोत्सवबाट यस क्षेत्रको पर्यटन तथा व्यवासायीक क्षेत्रमा टेवा पुग्नुका साथै दाङ जिल्ला सहित देशकै लोक तथा मौलीक कला विश्व सामु उजागर हुने भन्दै  यस अन्तराष्ट्रिय लोक महोत्सवले जिल्लावासिलाई विभिन्न देशको कला, संस्कृति तथा भेषभुषालाई अवलोकन गर्ने अवसर हुने संयोजक जोशीले बताउनु भयो ।

उक्त महोत्सवमा दाङ जिल्लामा उत्पादन हुने परिकारहरु राखिने मूल आयोजक समिति सह–संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकरीले जानकारी दिनुभयाे । १८ गते दाङकाे पहिचान झल्किने झाक्री, भेषभुषा सहित र्यालरीले बजार परिक्रमा गरि कार्यक्रम स्थलमा पुग्ने र कलाकारको प्रस्तुति सहित उद्घाटन गरिने एवं १९ र २० गते  रास्ट्रीयस्तरमा चर्चित  कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहेने उहाँले जानकारी दिनु भयो ।

२१ गते सोमबार  नेपाल सहित १३ देशका तीन सय कलाकारहरुको आफ्नो देशकाे मौलिक झल्किने प्रस्तुति रहने छ ।

बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव सफल विभिन्न सिमिति एवं उपसमितिहरू गठन गरिएको छ । जसमा आर्थिक समिति संयोजक जगत आचार्य र सह संयोजक पुष्कर न्यौपाने, टिकट व्यवस्थापन समिति संयोजकमा विकास वली, सह-संयोजक विक्रम राना र सदस्य युवराज पन्त, व्यानर सहयोग संयोजक उपाध्यक्ष लिलाराम खड्का सह-संयोजकमा सदस्य रामप्रसाद पोखेल र सदस्य सुरज बुढाथोकी, प्रचार प्रसार समिति संयोजकमा युवराज पोख्रेल रहनुभएकाे छ ।

भौतिक निमार्ण समिति संयोजकमा  माधव खनाल र सह-संयोजक रुद्र शर्मा, अवास व्यवस्थापन समिति संयोजकमा नरेश कुमार श्रेष्ठ र सह-संयोजक दिपक पण्डित, भोजन व्यवस्थापन समिति संयोजक बिष्णु प्रसाद रिजाल सह-संयोजक नोर्बु तामाङ र सदस्यमा लिला नेपाली, शोभायात्रा व्यवस्थापन समितिको संयोजक ध्रुव कुमार गहतराज सह-संयोजकमा नोर्बु तामाङ, सदस्य लिला नेपाली र अतिथि सत्कार व्यवस्थापन समिति संयोजक निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीलाई चयन गरिएको छ भन्ने समिति थप गरिने छ ।

कार्यक्रमले दाङ सहित देशके संस्कृति संरक्षण,  प्रबन्धन गर्नुका साथै पर्यटन भित्राउदै अर्थतन्त्रमा समेत टेवा पुग्ने भन्दै दाङका सम्पूर्ण राजनित दल, संघसंस्था, सामाजिक अभियान्ता, पत्रकार लगायत दाङवासी सवैमा सहयाेग गर्न आयाेजकले अनुराेध गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*