Home / Feature Breaking news / पाँचौ हापुर फुटबल प्रतियोगिता सुरु, पहिलाे दिन न्यू स्टार र घाेराही १७ बिजयी

पाँचौ हापुर फुटबल प्रतियोगिता सुरु, पहिलाे दिन न्यू स्टार र घाेराही १७ बिजयी

दाङ, १ फागुण । घोराही उपमहानगरपालिका–१२ मा पाँचौ हापुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । हापुर युथ क्लब घोराही दाङको आयोजनामा मंगलवारदेखि पाँचौ हापुर कप फुटबल प्रतियोगिता सुरु भएको हो ।
घोराही उपमहानगरपालिका–१२ स्थीत हापुर बिजौरी खेल मैदानमा सुरु भएको हो । हापुर युथ क्लबका अध्यक्ष विनोद विकको अध्यक्षतामा भएको प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्डबिक्रम न्यौपानेले उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासमा सवैले ध्यानदिनुपर्ने बताउनुभयो । स्वास्थ्यसँगै जोडिएको खेलकुद क्षेत्रमा अघि बढ्न सके खेलाडीको नामसँगै मान सम्मान समेत पाउने भन्दै प्रदेशसभा सदस्य न्यौपानेले खेलकुदको विकासका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष दोर्ण बहकरीले हापुर बिजौरी खेल मैदानलाई अझै ब्यबस्थित खेल मैदानका रुपमा विकास गर्ने बताउनुभयो । उहाँले हापुर युथ क्लबले घोराही १२ मा खेलकुद बिकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा खेलकुदका कार्यक्रमहरुलाई वडाले पनि सहयोग गर्ने बताउनुभयो ।
क्लवका सस्थापक सञ्जय दाहाल, समाजसेवी तेजमणि दाहाल, पतेनी टोल विकास सस्थाका अध्यक्ष राजकुमार विक, समाजसेवी मित्रलाल विक, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आर.के. शीतललगायतले खेलकुद क्षेत्रको विकासमा सवैको ध्यानदिनुपर्ने बताउनुभयो ।
प्रतियोगितामा बिजेता टिमले नगद ५० हजार ५सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र र उपबिजेता टिमलाई नगद २० हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजक हापुर युथ क्लवले जनाएको छ । प्रतियोगितामा जिल्लाभरका २७ फुटबल टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा न्यू स्टार फुटबल एकेडेमीले वाइजी क्लव घोराहीलाई ०–४ गोलले पराजित गरेको छ । न्यू स्टार फुटबल एकेडेमीको जितका लागि किशोर मगर तीन र भीमसेन थापाले एक गोल गरेका थिए । त्यसैगरी दोश्रो खेलमा घोराही उपमहानगरपालिका वडा नं. १७ को टिमले कलमघारी फुटबल क्लवलाई ०–७ गोल अन्तरले पराजित गरेको थियो ।
वडा नं. १७ को जितका लागि कृष्णबहादुर महराले २,सुरेश सुनार, निराजन चौधरी,अषिशेक र हेमन्त विकले समान १÷१ गोल गरेका थिए । प्रतियोगिता फागुनको १० गतेसम्म चल्नेछ । प्रतियोगिताको दोस्रो पुरस्कारको राशी घोराही उपमहानगरपालिका–१२ पतेनी निबासी सुदन बिकले प्रदान गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*