Home / Feature Breaking news / राष्ट्रिय खेलसँगै जिल्लामा चहल–पहल

राष्ट्रिय खेलसँगै जिल्लामा चहल–पहल

अमरराज आचार्य
दाङ, ३ बैशाख । जिल्लामा आयोजना गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताले जिल्लामा अहिले चहल पहल वढेको छ । आठौ राष्ट्रि खेलकुद प्रतियोगीताका विभिन्न खेलहरु दाङमा सञ्चालन भैराखेका छन् । जिल्लामा आयोजना गरिएका केही प्रतियोगीता सकिएका छन् भने केही प्रतियोगीता सञ्चालन भैराखेका छन् ।

प्रतियोगीतामा सहभागि हुनका लागि जिल्लामा अहिले विभिन्न जिल्लाहरुबाट खेलाडी जम्मा भएका छन् प्रतियोगीताका निर्णायक, रेफ्री, आयोजक तथा खेल प्रेमिहरु सह भागिताले जिल्लाको चहल पहलसँगै व्यवसाय समेत बढेको व्यवसायीहरुले बताएका छन् । खेलकुद प्रतियोगीता आयोजना गरिने स्थानहरुमा भिड भाड हुने गरेको छ । जिल्लामा चहल पहल वढे सगै व्यापार व्यसाय पनि वृद्धि भएको व्यवसायिहरुले बताएका छन् । अहिले विशेष गरि होटेल व्यवसाहरुको व्यवसायमा वृद्धि भएको बताइएको छ ।

प्रतियोगीतामा सहभागि तथा खेल प्रेमिहरुले खाना, तथा वसोवास गर्ने भएकोले होटेल व्यवसायमा क्षेत्रमा व्यवसायमा वृद्धि भएको व्यवसायीहरुले बताए ।
प्रतियोगिताले होटेलहरुमा पनि सामान्य रुपमा चहल पहल वढेको होटेल मालाइनका वितीय व्यवस्थापक हेमराज सुवेदीले बताए । राज्यले खेलाडीलाई दैनिक रुपमा दिने रकम कम भएका कारणले पनि खेलाडीलाई समस्या पर्ने गरेको उनको भनाइ छ । प्रत्येक खेलाडीको लागि सरकारले दैनिक १ हजार ४ सय रुपैयाँ दिएको छ ।

aathau

तर त्यो रुपैयाँ समेत कम छ । खेलाडीहरुले आफनो खल्ती वाट रकम हालेर होटेलमा वस्नु पर्ने वाध्यता रहेको सुवेदीले बताए । आफुहरुले खेलाडिहरुलाई प्रोत्साहन गर्ने छुट दिएको समेत बताए । ‘आफनै स्थानमा आयोजना गरिएको राष्ट्रिय खेललाई प्रोत्साह गर्नेका लागि छुट दिएका हौ’ सुवेदीले भने । राज्यले खेलाडिहरुलाई दैनिक १ हजार ४ सय रुपैया दिने गरेको छ । त्यसैवाट खेलाडिले खाना खाने, वस्न गर्ने गरेका छन् ।

जिल्लाको घोराही, तुलसीपुर र लमहीमा विभिन्न प्रतियोगीता आयोजना गरिएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा गरेर महिला पुरुषको बाँस्केट वल, महिला क्रिक्रेट, टेवुल टेनिस, व्याडमिनटन, एथ्लेटिस, महिला फुटवल प्रतियोगीता सञ्चालन हुने छन् । अहिले सम्म टेवुल टेनिस र बाँस्केट वल पुरुषको खेल सकिएको छ । अहिले महिला व्याडमिनट प्रतियोगिता सञ्चालन भइ राखेको छ भने अन्य खेल केही दिनमा सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सह भागिहरु तथा खेल प्रेमी गरेर २ हजार ५ सय जना वढी सहभागिता रहेको जिल्ला खेलकुद विकास समितीका सदस्य तिलक रावतले बताए ।

उनका अनुसार प्रतियोगिता भएको कारण चहल पहल समेत वढेको छ । प्रतियोगीतामा सहभागि तथा खेलकुद प्रेमीले अहिले होटेलहरु समेत भरी भराउ भएको रावतको भनाइ छ । जिल्लामा सहभागि हुन आउनेहरुलाई घोराही, तुलसीपुर तथा लमहीमा वसोवासको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।

जिल्लामा आयोजना गरिएको आठौ राष्ट्रिय प्रतियोगीताले जिल्लामा चलह पहल वढेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसालले जानकारी दिए । ‘दाङमा आयोजना गरिएको राष्ट्रिय प्रतियोगिताका विभिन्न खेलको कारणले केही मात्रामा भए पनि चहल पहल वढेको छ ’ अध्यक्ष भुसालले भने । चहल पहल वढे संगै जिल्लाको आर्थिक कारोवार समेत वृद्धि हुने उनको भनाइ छ । सहभागि खानु, वस्नु पर्ने भएकाले पनि अन्य क्षेत्रको भन्दा होटेल व्यवसाय क्षेत्रको व्यपार वढेको भुसालले बताए ।

जिल्लामा हुने यस प्रकारका कार्यले जिल्लाको आर्थिक संगै अन्य क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उनको भनाइ छ । जिल्लामा आएका खेलाडि, खेल प्रेमिहरु खेलकुद प्रतियोगितामा सह भागिता संगै जिल्लामा रहेका धार्मिक तथा प्राकृतिक पर्यटकिय क्षेत्रहरुको समेत अवलोकन समेत गर्ने गरेका छन् । पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा समेत सहयोग समेत पुगेको छ । यसले पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुग्ने छ । अहिले विशेष गरि वजार क्षेत्र नजिक रहेका पर्यटकिय क्षेत्रहरु अम्विकेश्वरी, धारापानी, गोरक्ष रत्न नाथ चौधेरा, नम छु बौद्ध गुम्वा, ब्राहकुने, ज्यामिरे दह, गणेशपुर पार्क, जखेरा ताल लगाएका स्थानमा पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*