Home / Feature Breaking news / तीनै सहरहरूको नेतृत्वमा युवा

तीनै सहरहरूको नेतृत्वमा युवा

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत वडा, नगर तथा गाउँपालिका अधिवेशन सम्पन्न भएका छन् । दाङमा केही वडा सर्वसम्मतिबाट नेतृत्व चयन भएका छन् भने केही गाउँपालिका पनि सहमतिमै निर्वाचन सम्पन्न भएका छन् । जिल्लाका तीनवटा नगरमा भने निर्वाचन भएका छन् । तुलसीपुर घोराही, लमही नगरपालिकामा दुई प्यानल खडा गरी चुनाव भएको छ । उपमहानगर र नगरपालिकामा युवहरुको नेतृत्व आएको छ ।

प्रजातान्त्रिक पद्धतिअनुसार स्वस्थ प्रतिस्पर्धाका साथ कार्यसमिति चयन भएको छ । संगठन सुदृढीकरण एवं सुद्धिकरणका लागि भन्दै सबै प्रतिस्पर्धीहरुले आप्mनो उम्मेद्वारी दिएका थिए । पार्टीको आन्तरिक चुनाव भएकाले चुनाव सकिएपछि अब पार्टीलाई चलायमान र सबैलाई एकढिक्का बनाएर नगरलाई चलायमान गराउने दायित्व पनि निर्वाचित सभापतिहरुको काँधमा आएको छ । चुनावमा ल्याएको एजेण्डा, अबको भूमिका, कांग्रेसको संगठन निर्माण र एकताको लागि तुलसीपुर उपमहानगरपालिका नगर सभापति सुरेश हमाल, घोराही उपमहानगरपालिकाका नगर सभापति तिलक रावत र लमही नगरपालिका नगर सभापति सन्तोष बुढाथोकीसँग चुनाव जितेपछि गरेको कुराकानीको सार संक्षेप ।

तुलसीपुर नगर सभापति सुरेश हमाल

 यो जितलार्ई कसरी लिनुभएको छ बताइदिनुस् न ?

 यो जित या हारको विषय होइन, पार्टीका नेता–कार्यकताहरूले हामीलाई नेतृत्व गर्नका लागि चयन गरेको हात्र हो । यसमा प्रजातान्त्रिक अभ्यासहरू भए । त्यसमा मतदान भयो । यसमा हामी अघिल्लो पंक्तिमा आउन सफल भयौँ । यसलाई अनिलको टिमले हारेर सुरेशको टिमले जितेको अर्थमा नबुझिदिन पनि मैले आग्रह गर्दछु ।

पार्टीको आन्तरिक प्रतिस्पर्धा भए पनि अब हामी सबै सहकार्य गरेर अघि बढ्नेछौँ । एकले अर्काको अस्तित्व सहर्ष स्वीकार गर्नेछौँ । सबैको साथ र सहयोगले पार्टीलाई चलायमान बनाउने अभियानमा हामी तत्कालै जुट्नेछौँ । मलाई लाग्छ, यो कुनै व्यक्तिविशेष र समूहको जित नभएर प्राविधिक रूपमा नेतृत्व चयनको प्रक्रिया मात्रै हो । अर्थात्, यो जित आम नेपाली कांग्रेसका अग्रज नेताहरू, युवा साथीहरू एवं सबै शुभचिन्तक एवं शुभेच्छुकहरूको जित हो ।

 अब नगर कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?

 हामीले नेतृत्व चयन प्रक्रियामा आउनेबित्तिकै एउटा चुनावी प्रतिबद्धता पनि सार्वजनिक गरिसकेका थियौँ । जुन प्रतिबद्धतालाई कार्यान्वयन गर्न हामी सवै एकजुट भएर लाग्नेछौँ । मैले भनेको छु, तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा पार्टीका इकाई कार्यालयहरू सञ्चालनमा ल्याएर हरेक वडामा कांग्रेसजनहरूलाई क्रियाशील बनाउने पनि हाम्रो अभियान हो ।

यसमा साथ दिन सबै तह र तप्काका कांग्रेसजनहरूसँग सहकार्य गरेर हामी अगाडि बढ्नेछौँ । पछिल्लो यो अधिवेशनमा जहाँतहीँको नतिजा हेर्दा युवा साथीहरू अगाडि आएको मैले महसुस गरेको छु । यही कारण अग्रजहरूको आशीर्वाद लिँदै युवाहरूका साथमा हामी पार्टीलाई एकढिक्का बनाएर चलायमान बनाउनेछौँ ।

 कस्तो कांग्रेसको परिकल्पना गर्नुभएको छ ?

 हामीले परिकल्पना गरेको भन्दा पनि हाम्रा अग्रज नेताहरूले जनताका हकहितका सन्दर्भमा देखेका सपनाहरूलाई पूरा गर्ने हाम्रो मुख्य दायित्व हुन्छ । मुलुकमा सुशासन कायम गर्दै पारदर्शीता र जवाफदेहीको विकास गर्न हामी एउटा सशक्त पहरेदार संगठनका रूपमा पनि स्थापित हुने प्रण गर्दछौँ ।

त्यससँगै तुलसीपुरकै कुरा गर्नुहुन्छ भने यहाँ हुने विकास निर्माणका सन्दर्भमा यहाँका समस्याहरूलाई पार्टीका माथिल्ला इकाईमार्फत् केन्द्रैसम्म पहल गर्न पनि हाम्रो अर्थपूर्ण भूमिका रहनेछ । भ्रष्टाचार विरुद्धको खबरदारीलाई पनि हामीले अत्यन्तै सक्रिय भएर निर्वाह गर्नेछौँ । जनताका दैनिकीसँग सरोकार राख्ने गास, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाको अनुभूति आम नागरिकलाई दिलाउनका लागि पनि हाम्रो इकाईको निरन्तर सरोकारवाला निकायसँग समन्वय भइरहने पनि विश्वस्त पार्न चाहन्छु ।

अर्को कुरा आसन्न पार्टीको महाधिवेशनले सिङ्गो र एकात्मक कांग्रेस बनाउने र सक्षम नेतृत्वलाई तल्लो तहदेखि माथिल्लो तहसम्म पु¥याउने काममा पनि हाम्रो अर्थपूर्ण भूमिका हुनेछ । अन्ततः हामीले नेपाली कांग्रेसलाई सबैको पार्टी, सधैँको पार्टी बनाउन चाहन्छौँ ।

घोराही नगर सभापति :  तिलक रावत

 यो जितलाई कसरी लिनुभएको छ ?

 प्रजातन्त्रिक पार्टीमा चुनाव स्वाभाविक प्रकृया हो । यो जितलाई मैले अब कांग्रेसलाई संगठित गर्ने र कांग्रेसलाई बलियो गराउने जिम्मेवारी मलाई आएको भन्ने बुझेको छु । यो जिम्मेवारीलाई पूरा गर्नतर्फ म लाग्नेछु । अबको कांग्रेस कसरी एकढिक्का र कस्तो बनाउने, संगठन निर्माणदेखि धेरै जिम्मेवारी हामीलाई आएको छ । यो जिम्मेवारी कसरी पूरा गर्ने भन्नेमा हामी लाग्नेछौँ । पार्टीभित्रको आन्तरिक चुनाव हो, चुनावमा हार या जित हुन्छ, यसलाई मैले स्वाभाविक प्रक्रिया ठानेको छु ।

 अब नगरलाई कस्तो र कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?

 अबको नगरलाई हामी चलायमान गराउनेछौँ । साबैको साथ र सहयोगबाट नगरलाई एक बनाएर लैजानेछौँ । जनताको अधिकार, अब सबै स्थानमा जवाफदेही कांग्रेस बनाउने अभियानमा हामी लाग्नेछौँ ।

जनताको सुख–दुःख र जनताको जनजीविकासँग जोडिएका सवालहरूतर्फ हामी लाग्ने छौं । बवै जनताको सबै ठाउँमा सहज पहुँचका लागि हाम्रो खबरदारी हुनेछ । चाहे त्यो विकास निर्माण होस् या जनताले पाउने सेवाहरू, सबैमा हाम्रो खबरदारी र निगरानी रहने छ ।

 संगठन विस्तार र कांग्रेसलाई बलियो बनाउन के गर्नुहुन्छ ?

 हामी संगठनलाई चुस्त दुरुस्त राख्ने र संगठनलाई चलायमान गराउनेछौँ । वडा सभापतिहरूसँग सहकार्य गरेर अब वडा तह नगरमा कांग्रेसलाई कसरी बलियो बनाउने भन्नेमा हामी लाग्नेछौँ । वडामा रहेका सबैखाले गतिविधिहरूमा हाम्रो सहभागिता हुनेछ र वडा तहमा कांग्रेसको संगठनलाई बलियो बनाउन लाग्नेछौँ ।

 अब केही समयमै स्थानीय निर्वाचन आइरहेको छ, यसमा नगर र तपाईंहरूको भूमिका के रहन्छ ?
 अबको स्थानीय तहमा हामीले सबै वडाहरू र नगरमा जित्ने गरी संगठित हुनेछौँ । मर्यादित, स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नेछौँ । सबैलाई एक बनाएर हामी बलियो कांग्रेस गराउनेछौँ र एकता देखाउनेछौँ ।

 अबको कांग्रेस कस्तो परिकल्पना गर्नुभएको छ ?

 अबको कांग्रेस बलियो र एकताबद्ध गराउने परिकल्पना छ । युवाहरूको नेतृत्व अहिले सबै स्थानमा आएको छ । सबै उमेर समूह, जातजाति, सबै वर्गलाई समेट्ने गरी हाम्रो र राम्रो कांग्रेस एकताबद्ध कांग्रेस प्रविधिमैत्री र अग्रजलाई सम्मान गरेर सबैको साथ र सहयोग लिएर एकताबद्ध भएर सवबै अट्ने कांग्रेस गराउनेमा छौँ ।

 अन्त्यमा केही भनु छ ?

 अन्त्यमा मलाई अमूल्य मत दिई विजयी गराउनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु । यो १४औँ महाधिवेसनमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै ९ गतेसम्म हामी एकअर्काको प्रतिस्प्रर्धी थियौँ, अब १० गतेदेखि हामी सहयात्री भएका छौँ, पार्टीलाई एक बनाएर अब सक्षम, सवल र बलियो कांग्रेस बनाउनतर्फ लाग्नेछौँ । यसका लागि सबैलाई साथ, सहयोग र सहकार्यका लागि आह्वान गर्न छाहन्छु ।

लमही नगरपालिका नगर सभापति : सन्तोष बुढाथोकी

 यो जितलाई कसरी लिनुभएको छ ?

 यो कसैको जित र कसैको हार होइन । यो पार्टी भित्रको चुनाव हो । हामीले सहमतिका लागि धेरै प्रयास ग¥यौँ तर सहमति जुट्न नसकेकाले प्रजातान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्प्रर्धा भयो र मैले जितेँ । यो स्वाभाविक प्रक्रिया हो ।

मैले नगर सभापतिमा जिते पनि मैले सबै सल्लाह र मेरो प्रतिद्वन्द्वीको सहकार्यमै म कांग्रेसलाई अगाडि बढाउने छु । मैले जिते भनेर खुसी हुनुपर्ने र मसँग चुनाव लडेकाले हारे भन्ने परिस्थिति म हुनदिने छैन ।

 अब नगरलाई कस्तो र कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?

 हाम्रो नगरमा ९ वटा वडाहरू छन् । अब नगरलाई एक बनाएर चुस्त, दुरुस्त संगठन गरेर प्रत्येक वडामा वडा सभापतिहरूसँग छलफल गरेर हामी कसरी बलियो र एकढिक्का भएर अगाडि बढ्नसक्छौँ ? कांग्रेसलाई बलियो कसरी बनाउन सक्छौँ ? भन्नेतर्फ लाग्नेछौँ ।

 संगठन विस्तार र कांग्रेसलाई बलियो बनाउन के गर्नुहुन्छ ?

 हो, हाम्रो संगठन वडा तहमा राम्रो नै छ तर अब सशक्त कांग्रेस उर्जाशील कायकर्ताहरू बनाउन प्रत्येक वडामा कांग्रेसको टोल समिति गठन गरेर सबै वडाहरू कांग्रेमय बनाउनेछौँ ।

 अब केही समयमै स्थानीय निर्वाचन आइरहेको छ, यसमा नगर र तपाईंहरूको भूमिका के रहन्छ ?

 हो, अब कांग्रेसलाई संगठित गरेर स्थानीय निर्वाचनमा सबै तह जित्ने गरी हामी लाग्नेछौँ । अरु कांग्रेसबिना देशले निकास र विकास पाउँदैन भन्ने जनताले पनि बुझेका छन् । अब त्यसलाई थप प्रभावकारी गराउँदै आगामी निर्वाचनमा कांग्रेस नै जनताको सुख–दुःखको पार्टी रहेछ भन्ने जनतामा छाप पार्ने गरी हाम्रो गतिविधि अगाडि बढनेछ । साधारण जनतालाई पनि यो जानकारी गराउनमा लाग्नेछौँ ।

 अबको कांग्रेस कस्तो परिकल्पना गर्नुभएको छ ?

 अबको कांग्रेस उर्जाशील, बलियो र एकताबद्ध एकढिक्का कांग्रेस गराउने हाम्रो परिकल्पना छ । सबै जनताको मनमा बस्ने र जनताको मनोभावना बुझेर जनपक्षीय काममा लाग्ने कांग्रेस गराउने छौँ । कुरा मात्र होइन काम गरेर जनताको मन जितेर विकासशील कांग्रेस बनाउनेछौँ ।

 अन्त्यमा केही भन्नु छ ?

 अन्त्यमा सबै काँग्रेसका नेता कार्यकर्ता, सक्रिय सदस्यज्यूहरूलाई धन्यवाद दिन चाहान्छु, युवाहरूलाई अवसर दिनुभएको छ, नेतृत्वमा पु¥याउनुभएको छ । हामीले चुनावमा प्रतिस्पर्धा गरेका सबैलाई समेटेर अगाडि बढेर अझै सक्रियताका साथ संगठनलाई बलियो बनाउनेमा हाम्रो जोड हुने र सबै नेता कार्यकर्तालाई एकढिक्का भएर हाम्रो र राम्रो कांग्रेस बनाउन साथ र सहयोगका लागि हार्दिक आह्वान गर्दछु ।

गोरक्ष दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*