Home / Feature Breaking news / हापुर मावि रतनपुरमा महायज्ञ सञ्चालन हुने

हापुर मावि रतनपुरमा महायज्ञ सञ्चालन हुने

घोराही, १० चैत
घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा रहेको मावि रतनपुरमा महायज्ञ सञ्चालन हुने भएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि यही चैत १४ देखी २० गतेसम्म “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” आयोजना गरिएको छ । विद्यालयमा भएको भेलाले महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको छ ।

भेलाले महायज्ञ सञ्चालनकालागि आयोजक मूल समिति गठन गरेको छ । जसको संयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक न्यौपाने रहनुभएको छ । यस्तै मूल समितिको महसचिवमा दिपक दाहाल, सहसचिव राजेन्द्र दाहाल, कोषाध्यक्ष टीका न्यौपाने र सहकोषाध्यक्षमा डम्बरबहादुर श्रेष्ठ रहनुभएको छ ।

यस्तै भेलाले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । जस अनुसार ईन्द्र गिरीको संयोजकत्वमा दाता पहिचान उपसमिति, निर्मल न्यौपानेको संयोजकत्वमा राजनितिक दल समन्वय उपसमिति, नक्षत्र बिकको संयोजकत्वमा मञ्च निर्माण उपसमिति, मणिकलाल श्रेष्ठको संयोजकत्वमा पूर्व शिक्षक एवं पूर्व विद्यार्थी समन्वय उपसमिति र तेजा खनाल संयोजक रहेको भोजन तथा प्रसाद व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै बसन्त राठौर संयोजक रहेको संयोजक रहेको कलाकार व्यवस्थापन उपसमिति, सावित्रा गौतम संयोजक रहेको पूजा सामाग्री तथा माला व्यवस्थापन उपसमिति, जिवराज रावत संयोजक रहेको स्वयमसेवक परिचालन उपसमिति, गोमा नेपाली संयोजक रहेको सरसफाई व्यवस्थापन उपसमिति, प्रीमा शर्मा संयोजक रहेको कलश व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

महायज्ञको मुख्य वाचकमा बालव्यास पण्डीत नारायण न्यौपाने रहनुहुने विद्यालयका प्रधानाध्यापक विरबहादुर रावतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*