Home / Feature Breaking news / गठबन्धन प्रतिगमन बिरुद्धको आन्दोलन : अध्यक्ष नेपाली

गठबन्धन प्रतिगमन बिरुद्धको आन्दोलन : अध्यक्ष नेपाली

दाङ,२३ कार्तिक । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले कांग्रेस-माओवादीसंग गठबन्धन प्रतिगमन बिरुद्धको आन्दोलन भएको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान अन्तर्गत बुधबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी अध्यक्ष नेपालीले नेपाली जनताको उपलब्धिका रुपमा रहेका गणतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियतालगायतका उपलब्धि रक्षा र प्रतिगमनलाई परास्त पर्नेका लागि कांग्रेस-माओवादीसंग गठबन्धन गरेर अघि बढेको बताए । `कांग्रेस र माओवादीसगको गठबन्धन उपलब्धि रक्षा र प्रतिगमनका विरुद्धमा बनेको हो´,कार्यकारी अध्यक्ष नेपालीले भने ,`एमालेकै कारण गठबन्धन निर्वाचनमा समेत बनेको छ । प्रदेशमा उम्मेदवार उठाए पनि राष्ट्रिय जनमोर्चा संघीयता खारेजीको पक्षमा रहेको उनको भनाइ थियोे ।

साथै कार्यकारी अध्यक्ष नेपालीले गणतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियतालगायतका उपलब्धि रक्षासंगै संघीयताकाे खारेजीका लागि राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गर्न सम्पूर्ण जनतालाई आग्रह गरेका थिए । जिल्ला अध्यक्ष गणेश आचार्यले जिल्लामा राष्ट्रिय जनमोर्चाका प्रत्यक्षतर्फ उम्मेदवार नभएको भन्दै समानुपातिकतर्फ पार्टीलाई भोट दिन आग्रह गरेका थिए । गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्षतर्फ बागलुङबाट पार्टी अध्यक्ष चित्रबहादुर केसी र प्युठानबाट दुर्गा पौडेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।

त्यसैगरी समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि कार्यकारी अध्यक्ष रश्मीराज नेपाली र तथा प्रदेशतर्फ गणेश आचार्य,बलदेव बिश्वकर्मा,केशरी आचार्यलगायतका समानुपातिक उम्मेदवार रहेका छन् । सुशील पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शुक्रराज भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*