Home / समाचार / पत्रकार महासंघको ५ महिने समीक्षा

पत्रकार महासंघको ५ महिने समीक्षा

घोराही, १० साउन
नेपाल पत्रकार महासंघ दाङले हालसम्म गरेका कामहरुको समीक्षा गरेको छ । शाखाको छैठौँ नियमित बैठकमा निर्वाचीत भएर आईसकेपछिको ५ महिनाको समीक्षा गरेको हो । शाखा अध्यक्ष सबिन प्रियासनको अध्यक्षता एवं सल्लाहकार दुर्गालाल केसीको आतिथ्यतामा बैठकले हालसम्म गरेका गतिविधीको समीक्षा गरिएको थियो । त्यस अवसरमा महासंघका अध्यक्ष प्रीयासनले महासंघले अपेक्षाकृत रुपमा येजना अनुसार काम गरेको भन्दै यो अवधीमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
वैठकले स्थानीय जनप्रतिनीधीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । श्रावण १५ गते दिउसो १२ बजे जिल्लाका १० वटै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधी संग ‘स्वच्छ, समृद्ध राजधानी दाङका लागि जनप्रतिनिधी र सरोकालवालाको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय निर्णय गरेको छ । जसकालागी अध्यक्ष सविन प्रीयासनलाई संयोजनको जिम्मेवारी दिएको छ । बैठकले सचिव भुपेन्द्र वलीको संयोजनमा जिल्लामा सञ्चालनमा रहेका अनलाईनहरुलाई सञ्चालन तथा व्यवस्थापन गर्न श्रावण २१ गते अनलाईन पत्रकारिता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदीप शर्मा र शुभेच्छुकहरु हरिप्रसाद रिजाल , गणेश प्रसाद रिजाल , अर्जुन रिजाल र राधा रिजालले दाङ शाखामा स्थापना गर्नुभएको लोककुमारी स्मृति प्रतिभा पुरस्कार प्रदान गर्ने तथा लोककुमारी स्मृति दिवस यही श्रावण २४ गते मनाउने निर्णय निणय गरेको छ । पुरस्कारको लागि प्रतिभा छनौट गर्न अध्यक्ष सबिन प्रियासन, पुर्वअध्यक्ष सुशिल गौतम र सल्लाहकार सुदीप गौतम रहेको ३ सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको छ । आजको बैठकले सवारी दुर्घटनामा परि घाईते हुनुभएका नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य धनीराम शर्मालाई राहत स्वरुप पाँच हजार सहयोग उपल्बध गराउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*