Home / Feature Breaking news / डेंगु संक्रमितको संख्या २१ हजार नाघ्यो, २७ जनाको मृत्यु

डेंगु संक्रमितको संख्या २१ हजार नाघ्यो, २७ जनाको मृत्यु

गएको असारयता तीव्र रूपमा फैलिएको डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ६ गतेसम्म संक्रमितको संख्या २१ हजार ३५२ र मृतकको संख्या २७ पुगेको हो ।

यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा ६ हजार ५५५ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १२ हजार ६५४ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ११२ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या २०० भन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् । अरू जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाले जनाएको छ ।

नेपालमा डेंगी संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरू बताउँछन् । सरकारका सबै तह र जनस्तरबाट घर, कार्यालय, शैक्षिक तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरूको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*