Home / मनोरञ्जन / घोराहीमा हुने तीज महोत्सवमा तीज गीत र नृत्य प्रतियोगिता हुने

घोराहीमा हुने तीज महोत्सवमा तीज गीत र नृत्य प्रतियोगिता हुने

दाङ, १८ भदौ

हिन्दुहरुको महान् पर्व हरितालिका तीजको अवसरमा दाङको घोराहीमा हुने भदौ २२ गतेदेखी हुने ‘तीज विशेष सांस्कृतिक महोत्सव २०७५’ मा तीज गीत प्रतियोगिता र तीज नृत्य प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा घोराहीको कर्मचारी मिलन केन्द्रको दक्षीणतर्फको मैदानमा भदौ २२ देखी २८ गतेसम्म हुने महोत्सवमा खुला तीज गीत प्रतियोगिता र तीज नृत्य प्रतियोगिता हुने आयोजक मूल समितिले जानकारी दिएको छ ।

तीज संस्कृतिलाई संरक्षण गर्नकालागि प्रतियोगिताको आयोजना गरिएको आयोजक मूल समितिका सांस्कृतिक संयोजक राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

जसमा प्रथम, द्धतिय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितालाई व्यवस्थित बनाउनकालागि तीज गीत प्रतियोगिताकोलागि प्रतिष्ठानका अध्यक्ष प्रेम शर्मा र तीज नृत्य प्रतियोगिताकालागि प्रतिष्ठानका सदस्य चाहना क्राक्री मगरलाई जिम्मेवारी दिएको छ ।

महोत्सवमा चर्चीत कलाकारहरुको प्रस्तुति रहने छ ।सांंस्कृतिक महोत्सवमा दैनिक हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका चर्चीत कलाकारहरुको प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक प्रेम शर्माले जानकारी दिनुभयो ।

जसमा नेपाली चलचीत्र क्षेत्रका कलाकार एवं चर्चीत कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा दैविक स्थानीय डान्स एकेडेमीहरुको प्रस्तुति रहने छ ।

नयाँ प्रतिभाहरुलाई पनि महोत्सपवमा स्थान दिने प्रचारप्रसार उपसमितिका संयोजक रामसिंह विश्वकर्माले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*