दाङ, १७ जेठ
नेपाली काँग्रेसका पुर्व महामन्त्रि कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसभित्रको असन्तुष्टीलाई मेट्नकालागि नेता र कार्यकर्ताबिचको संवाद अवश्यक रहेको बताएका छन् । नेता र कार्यकर्ताबिच खुलेर बहस गरेरपार्टिलाई एक बनाएर अगाड िबढाउनु अहिलेको आवश्यकता भएको उनको भनाई छ । कांग्रेस दाङले बुधवार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिटौलाले आउदो पार्टीको महाधिवेसन वैठकमा यसका वारेमा खुलेर आफना विचार राख्ने बताए ।
अहिलेको समयमा पार्टि पार्टी भित्र वृहत एकता हुन आवश्यक रहेको पनि उनको भनाई छ । ‘काम गर्दा भएका गल्ती कमजोरी सच्चाएर एकता वद्ध भएर अगाडि वढन आवस्यक रहेको छ’ नेता सिटौलाले भने । यस तर्फ लाग्नु पर्ने आवस्यक रहेको समेत बताए । उनले पार्टीलाइ सवैको सर सल्लाहावाट सञ्चालन गरीनु पर्ने बताए । ‘व्यक्ति एक्लैले पार्टी अगाडि वढाउनु हुदैन ’ नेता सिटौलाले भने । सवैको कुरा सुनेर सवैको भावनालाइ समेटेर अगाडि वढनु पर्ने बताए ।
‘पार्टीमा सवैकोविचार एकतावद्ध गराउनु गर्दछ’ नेता सिटौलाले भने । पार्टीमा सवैको सल्लाहा सुझाव लिएर अगाडि वढेमा पार्टीलाइ वलिया वनाउन सकिने उनको भनाइ रहेको छ । ‘पार्टी लाइ समयको माग अनुसार अगाडि वढाउनु पर्दछ’ पुर्व महामन्त्रि सिटौलाले भने । समय संगै अगाडि वढन नसक्दा नेपाली काग्रेसले नेतृत्व दिन नसक्ने समेत उनको भनाइ रहेको छ । नेपाली काँग्रेसलाई अगाडि वढाउन सवैले सकारात्म दवाव दिनु पर्ने समेत उनले बताए । पछिल्लो समय राजनितीमा व्यक्तिगत स्वार्थ वढदै गएको कारण समस्या हुदै गएको नेता सिटौलाको भनाइ रहेको छ ।
ले पार्टीमा लक्ष्य हराउन थालेको बताए । ‘अहिले लथालिङ भताभुङगको अवस्थामा रहेका छौ’ गौतमले भने । पार्टीको लक्ष्य प्रस्ट हुनु पर्ने उनको भनाइ रहेको छ । पछिल्लो समयमा पार्टीमा व्यक्तिगत महत्वकाक्षी वढेको समेत बताए । पार्टीमा आधारभुत इमान्दारीता हुनु पर्ने उनको भनाइ रहेको छ ।े नेता तथा कार्य कर्ताहरु अनुशासित हुनु पर्ने बताए । पार्टीमा आर्थिक पारर्दशिता आवस्यक रहेको समेत बताए । ‘नेताहरु शहर मुखी भएका छन् गाऊ सम्म पुगेर जनताको कुरा सुन्न आवस्यक रहेको छ’ नेता खत्रीले भने । कामको मुख्याङकन हुनु पर्ने समेत बताएका थिए । त्यस अवसरमा वोल्ने बक्ताहरुले पार्टीमा रहेको गुठ उप गुठको अन्तय गरी एक्तावद्ध भएर अगाडि वढनु पर्ने बताएका थिए ।
त्यस अवसरमा पुर्व जिल्ला सचिव कमलकिशोर घिमिरे, महाधिवेसन प्रतिनिधि भेषराज खत्री, क्षेत्र नं २ का अध्यक्ष गिरीराज सुवेदी, क्षेत्र नं ३ का सभापति भुपवहादुर डाँगी, जिल्ला सदस्य अर्जुनकुमार योगी, महिला संघका जिल्ला सदस्य निर्मला गौतम, महिला संघका महाधिवेसन प्रतिनिधि शान्ता घिमिरे, महिला संघका क्षेत्र नं २ का अध्यक्ष शुसिला पौडेल, कांग्रेसका घोराही नगरपालिकाका पुर्व सभापति किशोरचन्द्र गौतम, दाङ उद्योगा वाणिज्य संघका उपाध्यक्ष वशन्त जोसी, नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष राजकुमार धिताल, कुलराज पोख्रेल, गणेश वेलवासे, लोकराज अधिकारी लगाएतकाले भनाइ राखेका थिए । जिल्ला उपाध्यक्ष कमानसिंह भारती स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला सचिव शकरप्रसाद डाँगीले गरेका थिए ।