दाङ, १७ जेठ
घोराही उपमहानगरपालिका वडा नम्बर १६ रावतगाँउका क्यान्सरपिडीत विवेक चौधरीको उपचारमा आर्थिक समस्या भएको परिवारले बताएको छ ।
२५ वर्षी चौधरीलाई मलद्धारको क्यान्सर भएको र उपचारमा आर्थिक समस्या भएको उनको आमा ईश्वरा चौधरीले जानकारी दिईन् । वैदेशिक रोजगारकालागि दुबई गएका विवेक विरामी भएपछि ६ महिना अगाडी घर फर्किएको र उपचारकालागि विपी कोईराला मेमोरियल क्म्यान्सर अस्पताल चितवनमा लगेपछी क्यान्सर भएको थाहा भएको आमा ईश्वराले जानकारी दिईन् ।
छोराको उपचारकालागि घरखेत बेचेको र अब आफूहरुसँग पैसा नै नभएको चौधरी परिवारको भनाई छ ।
यसैबीच क्यान्सरपिडीत चौधरीलाई घोराही उपमहानगरपालिका १६ खिरिट्टेमा रहेको जीवनज्योति टोल विकास संस्थाले आर्थिक सहयोग गरेको छ । टोलले चौधरीको उपचारकालागि २३ हजार ७ सय ३० रुपैया नगद सहयोग गरेको हो । टोलले विहीवार चौधरीको आमा ईश्वरा चौधरीलाई सो रकम प्रदान गरेको हो । स्थानीय युवाहरु तारा डिसी, रमेश जिसी, धरम डिसी, केशव डाँगी र गजेन्द्र रोकाको अगुवाईमा रकम संकलन गरेर सहयोग गरिएको टोलका अध्यक्ष जयभोला परियारले जानकारी दिनुभयो ।
क्यासर पिडीत विवेक चौधरीलाई सहयोग गर्न चौधरी परिवारले सम्पूर्णमा अनुरोध गरेको छ । चौधरीको अभिभावकको सम्पर्क नम्बर ९८४७८९५३९५ र ९८०९५५११२९ मा सम्पर्क गरेर सहयोग गर्न चौधरी परिवारले सम्पूर्णमा अनुरोध गरेको छ ।